काठमाडौँ । नेकपा एमालेले स्थानीय तहका सबै जन प्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीले सबै प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको हो ।
Advertisement
बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनीमार्गमा प्रशिक्षण दिने भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम छ । कार्यक्रम बिहान ११ बजे उद्घाटन हुने छ ।
स्थानीय तहको निर्वाचनमा एमालेले २०५ पालिकामा प्रमुख जितेको थियो।