• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, मङि्सर ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

प्रधानमन्त्री शाह भारत प्रस्थान

बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ३. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • ४. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ५. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ६. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

  • ९. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • १०. विश्‍व घटना : ५८१ वर्षयताकै लामो चन्द्रग्रहण !

बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला


    Avatar photo
आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित

काठमाडौँ- काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीदेखि लागेको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा धार्मिक मेला लाग्ने सनातनी परम्परा रहिआएको छ । यी दिनहरूमा नारायणस्थानमा पुगी पूजा, आराधना एवं दर्शन गरेमा पुण्य प्राप्त हुने र निधनपश्चात् वैकुण्ठमा बास हुने धार्मिक विश्वास रहिआएको बूढानीलकण्ठ नारायणस्थान मठका महन्त स्वामी निगमानन्दले जानकारी दिनुभयो ।

“मन्दिरमा १२ फुट चौडाइ र २४ फुट लम्बाइको अलौकिक शिलामा मूर्ति छ । यो मूर्ति धर्म, संस्कृति, पुरातत्व र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पनि दिव्य स्थलका रूपमा लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

शिलामा स्वयं प्रकट भएको भगवान्को यो रूप विश्वमै अद्वितीय मानिने भएकाले हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको स्वामी निगमानन्दले बताउनुभयो । मन्दिरमा नेपाली र भारतीय धार्मिक पर्यटकको आगमन बढी हुने गरेको छ । पशुपतिनाथको दर्शनमा आउने भारतीय धार्मिक पर्यटक बूढानीलकण्ठ मन्दिरमा पनि पुग्ने गरेका उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म पाँचदिन बूढानीलकण्ठ मन्दिरमा लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि पुग्ने गरेका छन् । यो मन्दिरमा हरि र हर अर्थात् विष्णु र शिव दुवै जना रहनुभएकाले पनि यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको श्री बूढानीलकण्ठ नारायणस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

यो मन्दिर शैव र वैष्णवका लागि मात्र नभई बौद्ध र किराँत मार्गीका लागि पनि उत्तिकै पवित्र स्थलका रूपमा मानिन्छ । यसैले यो ठाउँ धार्मिक सहिष्ण्ॉताको अनुपम नमूना बनेको स्थानीयवासी रामबहादुर केसीले बताउनुभयो ।

यी पाँचदिन उपत्यकाका चार नारायण भगवान्को दर्शन गर्न नसक्नेले बूढानीलकण्ठको मात्र दर्शन गरे पनि चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको स्वामी निगमानन्दले बताउनुभयो । यसो गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । एकै दिन चार नारायणको दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ वा नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा पूजा, आराधना वा दर्शन गर्नाले पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

“द्वापर युगमा मृत्यशथ्यामा रहेका बेला यही पाँच दिनको समयमा भीष्मले युधिष्ठिरलाई उपदेश दिएकाले कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनलाई भीष्म पञ्चक पनि भनिन्छ । यो सयममा साधना गर्दा सजिलै ब्रह्मज्ञान प्राप्त हुने विश्वास पनि रहेको छ”, उहाँले भन्नुभयो ।

यसै अवसरमा श्री बूढानीलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मङ्सिर २ गतेदेखि ८ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरेको छ । यज्ञ शेष यहाँ सञ्चालित बूढानीलकण्ठ गुरुकुलको सञ्चालनका लागि खर्च गरिने पनि अध्यक्ष थापाले जानकारी दिनुभयो । विसं २०५७ देखि बूढानीलकण्ठ मन्दिर परिसरमा गुरुकुल सञ्चालनमा ल्याइएको हो । गुरुकुलमा हाल ५० जना वैदिक ज्ञानको अध्ययन गर्ने बटुक रहेको समितिले जनाएको छ ।

आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

भर्खरै

  • १.
    फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

  • २.
    साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

  • ३.
    तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

  • ४.
    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • ५.
    प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

  • ६.
    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

  • ७.
    प्रधानमन्त्री शाह भारत प्रस्थान

  • ८.
    बूढानीलकण्ठमा पाँचदिने धार्मिक मेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.