काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोल्दा एमालेका सांसदहरूले संसद बैठक स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले प्रमुख विपक्षी दलका नेता ओलीविरुद्ध रोष्टमबाट अभिव्यक्ति दिएका थिए ।
Advertisement
मन्त्री बडूको अभिव्यक्तिपछि एमालेका सांसदहरूले आपत्ति जनाएका थिए । एमालेका सांसदहरूले उठेर नियमापत्ति जनाउँदै कानूनमन्त्रीले माफी माग्नु पर्ने माग गरेका थिए ।
एमालेका सांसदले संसद अवरोध सिर्जना गरेपछि प्रतिनिधिसभाका बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।