फिदिम- तमोर करिडोर अन्तर्गत धनकुटा पाँचथर सडक खण्डमा सवारी दुर्घट्ना हुँदा तीनजना घाइते भएका छन ।
Advertisement
धरानबाट फिदिम रतर्फ आँउदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको उक्त सवारी सोमबार विहान साढे नौ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ घर भएका २८ वर्षीय चालक तेजबहादुर चेम्जोङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुलेको छैन ।