मेष- अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्।
वृष- आश मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
मिथुन- स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती पनि सामना गर्नुपर्ला। व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यवसाय विस्तारका लागि यात्रा पनि हुनेछ।
कर्कट- सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ काम पाइनेछ।
सिंह- नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
कन्या- रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
तुला- ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
वृश्चिक- पठनपाठनमा राम्रै प्रगति हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। आत्मविश्वास बढ्नेछ।
धनु- पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ।
मकर- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।
कुम्भ- विशेष योजना गोप्य राखेर अघि बढ्नु होला। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। पारिवारिक जमघटमा मन रमाउनेछ।
मीन- समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु होला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।