पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ७औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज हुने भनिएको नयाँ नेतृत्व चयनको मतदान कार्यक्रम स्थगित भएको छ । प्राविधिक कारण देखाउँदै निर्वाचन समितिले मतदान भोलि (बुधबार) बिहानका लागि सारिएको जनाएको छ ।
Advertisement
निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद ज्ञवाली ले इ–भोटिङ प्रणालीमार्फत मतदान गर्न आवश्यक मेशिन सेटिङ तथा प्राविधिक तयारीमा समय लागेका कारण आज मतदान सम्भव नभएको जानकारी दिए । उनका अनुसार अब मतदान कार्यक्रम भोलि बिहान ६ बजेदेखि सुरु हुनेछ ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका प्रतिनिधिहरू मतदानको प्रतीक्षामा रहेका छन् । यतिबेला मतदान स्थल पोखरा इभेन्ट सेन्टर परिसरमा उम्मेदवारहरु मतमाग्न ब्यस्थ छन । महासंघको नेतृत्व चयनलाई लिएर व्यवसायी वृत्तमा विशेष चासो देखिएको छ ।
