काठमाडौं- संवैधानिक परिषद्को बैठकले न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।
Advertisement
आज बसेको परिषद्को बैठकले चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३औं प्रधानन्यायाधीश बन्नेछन्।
सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने संवैधानिक व्यवस्था छ। सोहीअनुसार न्याय परिषद्ले ६ जनाको नाम पठाएको थियो। जसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल, मनोज शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ थिए।