• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : सगरमाथाबाट उठाइयो ३ टन फोहोर


    Avatar photo
शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित

काठमाडौं- आज २ मे। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९५२- विश्‍वको पहिलो यात्रीवाहक जेटको सफल उडान

सन् १९५२ मा आजकै दिन विश्‍वको पहिलो यात्रीवाहक जेट विमानको सफल व्यावसायिक उडान भएको थियो। तथापि, ‘डे हेभिल्यान्ड कोमेट-१’ मोडलको उक्त विमान लामो समय यात्री सेवामा रहेन। वर्षदिनपछि नै लन्डनबाट जोहानेसबर्गको उडानमा रहेको सोही मोडलको विमान संरचनागत समस्याका कारण दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको थियो। सोही प्रकारका दुर्घटना लगातार भएपछि उक्त मोडलका सबै विमानलाई सधैंका लागि अवकाश दिइएको थियो।

– सन् १९८२- ब्रिटिस नेभीको आक्रमणमा अर्जेन्टिनाको पानी जहाज समुद्रमा डुब्यो

फकल्यान्ड युद्धका क्रममा सन् १९८२ मा आजकै ब्रिटेनको शाही जल सेनाले अर्जेन्टिनाको यात्रीवाहक पानीजहाजमा आक्रमण गरेर त्यसलाई समुद्रमा डुबाइदिएको थियो। त्यस घटनामा ३२३ जनाको मृत्यु भएको थियो। विश्‍व इतिहासकै अति क्रुर त्यस घटनाप्रति समर्थन जनाउँदै बेलायतको ट्याब्लोइड अखबार ‘सन’ले ‘गोचा’ अर्थात ‘ठीक्क पर्‍यो’ अर्थ लाग्‍ने टिप्पणी गरेको थियो। ‘सन’को उक्त शब्द चयनलाई विश्‍व पत्रकारिताको कुख्यात टिप्पणीका रूपमा लिइने गर्छ।

– सन् १९८९- हंगेरीले सीमा खुला गर्दा बर्लिनको पर्खाल ढाल्न मद्दत

सन् १९८९ मा आजकै दिन हंगेरीले अस्ट्रियासँगको सीमा खुला गरेको थियो। त्यसबाट तत्कालीन पूर्वी जर्मनीबाट बाहिरिन चाहनेहरूलाई भाग्‍न मद्दत पुगेको थियो। त्यससँगै विस्तारै बर्लिनको पर्खाल ढल्यो। र, दुवै जर्मनी एक भए। विश्‍वबाट साम्यवादी शासन अन्त्यका लागि यसले कोशेढुंगाको काम गरेको थियो।

– सन् १९९७- कन्जर्भेटिभको १८ वर्षे शासन अन्त्य गर्दै ब्लेयर बने बेलायती प्रधानमन्त्री

सन् १९९७ मा आजकै दिन बेलायतमा कन्जर्भेटिभ पार्टीको १८ वर्षे शासन औपचारिक रूपमा अन्त्य भएको थियो। त्यससँगै लेबर पार्टीका नेता टोनी ब्लेयर बेलायत प्रधानमन्त्री नियुक्त भएका थिए। बेलायतमा भएको आम निर्वाचनमा लेबर पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको थियो। तथापि, सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको आक्रमणमा मद्दत गरेकामा टोनी ब्लेयर अलोकप्रिय बनेका थिए। सन् २००७ सम्म उनी बेलायतको प्रधानमन्त्री रहे।

– सन् २००४- नाइजेरियामा मारिए ६३० सुकुम्बासी

सन् २००४ मा आजकै दिन नाइजेरियामा ६३० जना सुकुम्बासीको निर्मम हत्या गरिएको थियो। त्यहाँका इसाई धर्मावलम्बीले मुस्लिम समुदायका सुकुम्बासीको हत्या गरेका थिए।

– सन् २००८- म्यानमारमा तुफानमा मारिए १ लाख ३० हजार

सन् २००८ मा म्यानमारमा आएको समुद्री तुफानमा १ लाख ३० हजारभन्दा बढीको ज्यान गएको थियो। नर्गिस नाम दिइएको तुफानमा परी लाखौं घरबारविहीन भएका थिए।

– सन् २०११- पाकिस्तानमा मारिए अलकायदा प्रमुख विन लादेन

सन् २०११ मा आजकै दिन आतंकवादको अन्तर्राष्‍ट्रीय सञ्‍जाल अल कायदा प्रमुख ओसामा विन लादेन पाकिस्तानको अबोट्टाबादमा मारिएका थिए। पाकिस्तानमा लुकेर बसिरहेका उनी अमेरिकी सेनाको कारवाहीमा मारिएका थिए। ११ सेप्‍टेम्बर २०११ मा अमेरिकाको न्युयोर्कस्थित ट्‍विन टावर र वासिङ्टन डीसीमा भएका आतंकवादी आक्रमणमा उनी नै जिम्मेदार थिए।

– सन् २०१३- सिरियामा मारिए १००

सन् २०१३ मा आजकै दिन सिरियामा सरकारी सेनाको कारवाहीमा १०० जनाको ज्यान गएको थियो। बनियासको अल-बेडामा उक्त घटना भएको थियो।

– सन् २०१८- ७ लाख ९ हजार वर्षअघि गैंडाको शिकार

सन् २०१८ मा फिलिपिन्समा ७ लाख ९ हजार वर्षअघि गैंडाको शिकार गरिएको अवशेष फेला परेको थियो। त्यसबाट मानव उपस्थितिको मिति १० गुणा पछाडि धकेलिएको थियो। लुजोन नामक स्थानमा काटिएको गैंडाको अवशेष फेला परेको थियो।

– सन् २०१९- सगरमाथाबाट उठाइयो ३ टन फोहोर

सन् २०१९ मा विश्‍वको सर्वोच्च शिखर सगरमाथाबाट ३ मेट्रिक टन फोहोर निकालिएको थियो। सगरमाथा शिखर आरोहणमा गएका आरोहीहरूले उक्त फोहोर फालेका थिए। त्यस क्रममा सगरमाथामै फसिरहेका ४ जना पर्वतारोहीको शव पनि निकालिएको थियो।

– सन् २०२५- फ्लूबाट अमेरिकामा २१६ बालबालिकाको मृत्यु

सन् २०२५ मा अमेरिकामा मौसमी फ्लूका कारण २१६ जना बालबालिकाको मृत्यु भएको थियो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २००९ मा स्वाइन फ्लू महामारीजस्तै खतरनाक अवस्था संज्ञा दिएको थियो।

शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.