मेष- प्रेमको बन्धनमा कसिनेछ। सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुपर्ला। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
वृष- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
मिथुन- यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।
कर्कट- आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ। धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। समुदायको हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
सिंह- आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ।
कन्या- पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। आम्दानी बढ्नेछ।
तुला- गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। काम बिग्रने भयले सताउला।
वृश्चिक- नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्। शोख पूरा गर्नमा खर्च हुनेछ।
धनु- विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। व्यापार-व्यवसायमा अपेक्षाकृत लाभ नमिल्न सक्छ। आजको प्रयत्न निष्फलजस्तै रहला।
मकर- संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ।
कुम्भ- लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।
मीन- ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्।