• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : दलाई लामाले मागे माफी


    Avatar photo
शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित

काठमाडौं- आज १० अप्रिल। विश्‍व इतिहासका अनेकन घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही विश्‍व चर्चित घटनाहरूको सारसंक्षेप।

Advertisement

– सन् १६३३- लन्डनमा पहिलोपटक केराको सार्वजनिक बिक्री

३९३ वर्षअघि बेलायतको राजधानी शहर लन्डनमा पहिलोपटक आजकै दिन केराको सार्वजनिक बिक्री शुरु भएको थियो। लन्डनमा पहिलोपटक केरा बिक्रीमा राख्‍ने व्यापारी थिए, थोमस जोनसन। बेलायतमा उनले फलाएको केराको बीउ उत्तर एटलान्टिक महासागरको टापु बर्मुडाबाट ल्याइएको थियो। उनको छिमेकको स्‍नो हिलमा हर्बलिस्टको दोकान थियो, जसलाई अहिले पनि हर्लबर्न भनिन्छ।

– सन् १८१५- माउन्ट टम्बोरामा इतिहासकै ठूलो ज्वालामुखी विष्‍फोट

इन्डोनेसियाको माउन्ट टम्बोरामा आजकै दिन पृथ्वीको रेकर्डेड इतिहासमा हालसम्मकै ठूलो ज्वालामुखी विष्‍फोट भएको थियो। त्यसमा परी कम्तिमा ७१ हजार मानिसको ज्यान गएको थियो। उक्त विष्‍फोटको आवाज २ हजार किलोमिटर टाढासम्म सुनिएको थियो।

– सन् १९७०- ‘द बिटल्स’मा ब्रेकअप

सन् १९७० मा आजकै दिन संसार प्रसिद्ध सांगीतिक ब्यान्ड ‘द बिटल्स’का सदस्यबीच ब्रेकअप भएको थियो। पल म्याक कार्टनीले ब्यान्डसँगको नाता तोडेका थिए। त्यसअघिको १० वर्षभित्र ब्रिटिस रक ग्रुप ‘द बिटल्स’ सदावहार सफल ब्यान्ड बनेको थियो। १ अर्बभन्दा बढी एल्बम बिक्रीमार्फत ब्यान्डले संसारभर प्रसिद्धि हासिल गरेको थियो। आफ्नो पहिलो सोलो एल्बम आउनु एक साताअघि म्याक कार्टनीले ब्यान्डबाट विदा लिएका थिए। र, उक्त एल्बमबाट पनि उनले प्रसिद्धि हासिल गरेका थिए।

– सन् २००१- नेदरल्यान्ड्समा इच्छा मृत्युलाई कानूनी मान्यता

सन् २००१ मा नेदरल्यान्ड्सको संसदले एक विवादास्पद विधेयक पारित गर्दै इच्छा मृत्युलाई कानूनी मान्यता दिएको थियो। असह्य र निको नहुने बिमार लागेका व्यक्तिलाई उक्त कानूनमार्फत स्वेच्छाले मृत्युवरण गर्न छूट दिएको थियो।

– सन् २०१०- जहाज दुर्घटनामा पोल्यान्डका राष्‍ट्रपतिको मृत्यु

सन् २०१० मा आजकै दिन भएको जहाज दुर्घटनामा पोल्यान्डका राष्‍ट्रपति लेक काक्जेन्सीको मृत्यु भएको थियो। घटनामा पोल्यान्ड सरकारका केही उच्च अधिकारी, पोलिस पादरीहरूका वरिष्‍ठ सदस्य, क्याटिन नरसंहारमा मारिएकाहरूका परिवारका सदस्यहरूको पनि मृत्यु भएको थियो। पाइलटको त्रुटि र खराब मौसमका कारण जहाज दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो।

– सन् २०१६- आतिशबाजीको आगोमा परी १०० को मृत्यु

सन् २०१६ मा आजकै दिन भारतको केरलास्थित पुतिंगल मन्दिरमा आतिशबाजीका कारण आगलागी भएको थियो। त्यसमा परी १०० जनाभन्दा बढी मारिएका थिए भने करिब ४०० घाइते भएका थिए।

– सन् २०१९- ब्ल्याक होलको पहिलो तस्बिर

सन् २०१९ मा आजकै दिन वैज्ञानिकहरूले ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक गरेका थिए। उक्त ब्ल्याक होल ‘एम-८७’ नामक विशाल ग्यालेक्सीको केन्द्रमा अवस्थित छ।

– सन् २०२३- दलाई लामाले मागे माफी

तिब्बती धार्मिक गुरु दलाई लामाले सन् २०२३ मा आजकै दिन सार्वजनिक रूपमा माफी मागेका थिए। एक युवकलाई आफ्नो जिब्रो चुसिदिन आग्रह गर्दै गरेको भिडियो सार्वजनिक भएपछि दलाई लामाको विश्‍वव्यापी आलोचना भएको थियो। त्यसपछि उनले गल्ति भएको भन्दै माफी मागेका थिए।

शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.