मेष– कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। आफन्तजनको सहयोगले विशेष फाइदा होला।
वृष– पुरस्कार, प्रशंसा, ख्याति पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। भौतिक साधन जुटाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।
मिथुन- रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुशीको समाचार सुन्न पाइनेछ। नयाँ व्यापार-व्यवसाय विस्तार हुनेछ। आध्यात्मिक कार्यमा खर्च गरिनेछ।
कर्कट- टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ।
सिंह- आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नु होला।
कन्या- मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ। व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ।
तुला- बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ। वैदेशिक व्यापार सन्तोषजनक रहने छ।
वृश्चिक– कृषि र पशुधनबाट सामान्य फाइदा हुनेछ। मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन्। प्रेम सम्बन्धमा समस्या आउला। महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनलाभ हुनेछ।
धनु- वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
मकर- बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। अस्थायी पेशाबाट मनग्य फाइदा हुने देखिन्छ। नोकरी प्राप्त हुने सम्भावना छ।
कुम्भ- नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
मीन– आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ। चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनु होला।