मेष- काममा रुचि घट्नेछ भने मनमा खराब विचारहरूले डेरा जमाउनेछन्। तथापि, आर्थिक उपार्जन हुने समय छ। सोच्दै नसोचेको काम सम्पादन हुने समय छ।
वृष- रोकिएको काम बन्न सक्छ। धन लगानी गर्ने अवसर पाउनु हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
मिथुन- बिग्रिएका कामहरू बन्नेछन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ। विगतको कामबाट लाभ हुनेछ। सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ।
कर्कट- विश्वास गरेका व्यक्तिबाटै विश्वासघात हुने सम्भावना छ। यात्रा नगरेकै वेश होला। गरिएका कामको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिएला।
सिंह– माता-पिताको स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला। होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।
कन्या– प्रशस्त धन आर्जन गर्ने मौका छ। कर्मप्राप्तिको योग छ। राम्रै सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।
तुला– व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। प्रतिस्पर्धीहरूले हार खान सक्छन्। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। प्रतिष्ठित काम गर्ने मौका छ।
वृश्चिक– स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यति साथ नदेलान्।
धनु- पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। व्यावसायिक काममा राम्रै फाइदा मिल्नेछ। लामो समयदेखि रोकिएको काम बन्नेछन्।
मकर- धर्मकर्ममा रुचि बढ्नेछ। खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरूका लागि उत्साहप्रद समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
कुम्भ- आकस्मिक यात्राको समय छ। नयाँ जिम्मेवारी पाइएला। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ।
मीन- खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ। पठन-पाठनमा त्यति समय दिन नसकिएला। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।