• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !


    Avatar photo
शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

धरान- सुनसरी पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’

Advertisement

जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्नुहुन्छ । उहाँ विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाउनुहुन्छ । गृहकार्य गर्न सहजीकरण गर्नुहुन्छ । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली ।

नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइसकेको छ । पिपलको रुखमुनि निरन्तर सिकाइ गतिविधि सञ्चालन गर्दै आएको हुनाले ‘पिपलबोटे खुला विद्यालय’ नाम दिइएको छ । तर, यो दर्ता गरिएको औपचारिक विद्यालय वा शैक्षिक केन्द्र भने होइन, भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समपर्णले गर्दा निरन्तरता पाएको शैक्षिक अभियान हो । उहाँले विपन्न, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आउनुभएको योगदानस्वरुप छरछिमेकमा सबैले ‘चन्द्र सर’को उपमा दिएका छन् ।

सङ्घर्षले सिकाएको सेवा

सुनसरीको छिमेकी जिल्ला धनकुटाको कागते–६ मा बुबा श्रीकान्त भण्डारी र आमा मनमाया भण्डारीको कोखबाट २०२२ सालमा जन्मिनुभएका चन्द्र भण्डारी चार सन्तानमध्ये कान्छा छोरा हुनुहुन्छ । सामान्य परिवारमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालमै अभाव र सङ्घर्ष झेल्नुभयो । गुजाराको खोजीमा आमाबाट रु ५० खर्च लिएर उहाँ २०४४ सालमा इटहरी झर्नुभएको थियो ।

इटहरीमा दाजु आफन्त पर्नेहरूसँग ग्यारेजमा मेसिन बनाउने काम थाल्नुभयो । केही समयपछि एक साथीसँग मिलेर हटिया बजारमा थानको कपडाको व्यापार गर्नुभयो । तर करिब छ महिनामै त्यो व्यापार बन्द भयो । कपडा व्यापारमा सफलता नमिलेपछि बाँसको व्यापारमा लाग्नुभयो । विसं २०५१ देखि उहाँले टेङ्ग्राखोला नजिकै बाँसको व्यापार सुरु गर्नुभएको थियो । धरानको पानमारा, मोरङको केराबारी र धनकुटाबाट त्यसबेला रु २० देखि २३ मा किनिएका बाँस रु २५ मा बिक्री हुने गथ्र्यो, दुई रुपैयाँ नाफा हुन्थ्यो । बाँस खरिद गरेर सुनसरीका विभिन्न स्थान शान्तिझोडा, तरहरा, इटहरीलगायत ठाउँमा बिक्री गर्दै उहाँले आफ्नो व्यवसाय विस्तार गर्नुभयो ।

यही क्रममा स्कुल जाने उमेरका बालबालिका बाँसका चाङ वरिपरि धुलोमाटोमा खेल्दै गरेको भण्डारीले देख्नुभयो । “उनीहरूका बाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना सायदै थियो”, उहाँ सम्झनुहुन्छ, “मलाई भने गरिबी र अभावले पढाइ अधूरै छाड्नुपरेको बाल्यकालको झल्को आयो ।” त्यसपछि उहाँले बालबालिकालाई भेला गरेर पढाउने निधो गर्नुभयो । सुरुमा उहाँले त्यहाँ आउने १० जना बालबालिकालाई भेला गरेर बिहान र बेलुका दुईदेखि तीन घण्टा निःशुल्क ट्युसन पढाउन सुरु गर्नुभयो । मलाई लाग्थ्यो बालबालिकालाई ‘अक्षर चिनाएपछि स्कुल जाने बाटो पक्कै खुल्छ, यही बाँसको व्यापारले जीवनको सबैभन्दा ठूलो उद्देश्य पनि देखायो अनि बालबालिकाको पीडाले खुला विद्यालय पनि जन्मियो”, चन्द्र भन्नुहुन्छ ।

विपन्न परिवारका बालबालिकालाई भरोसा

चन्द्रको यो प्रयास विस्तारै फैलिँदै गयो । स्थानीय समुदायमा चर्चा बढ्दै जाँदा विद्यार्थी थपिँदै गए । पहिला खोलाकिनारमा सानो कटेजजस्तो टहरो थियो, त्यही टहरोमा बालबालिकालाई राखेर ट्युसन पढाउने चाँजोपाँजो मिलाइएको थियो । बिहान र बेलुका गरी ४० देखि ५० जना बालबालिका पढ्न आउँथे । तर २०६० सालमा उक्त कटेज भत्किएपछि उहाँले कक्षा खुला आकाशमुनि नै पढाउँदै आउनुभएको छ । भण्डारी सम्झनुहुन्छ, “कटेज भत्किए पनि बालबालिकामा पढ्ने चाहना थियोे, उनीहरूले घरबाट बोरा ल्याएर भुइँमा बिछ्याएर सिकाइमाग्न थाले ।” सुविधा केही थिएन, तर पढ्ने चाहना देखिन्थ्योे”, उहाँ सम्झनुहुन्छ ।

बर्खामासको भेलबाढी होस् वा हिउँदको सुक्खा खडेरी, टेङ्ग्राखोलाको धमिलो पानी, बर्खामा आउने बाढी, कहिले सुक्खा यी सबै चुनौतीबीच पनि चन्द्र भण्डारीको ट्युसन कहिल्यै रोकिएन । न कहिल्यै अवरोधले रोकेको छ, न कहिल्यै उहाँलाई अल्छी नै लागेको छ ।

बालबालिकालाई ट्युसन पढाउन छाड्नुभएन । कोभिड–१९ महामारीका बेला देशभर बन्दाबन्दी चल्दासमेत उहाँले हार भने मान्नु भएन, घरबाटै अनलाइन कक्षा सञ्चालन गर्नुभएको थियो । कोभिड–१९ पछि विद्यार्थी घट्दै गए । अहिले चन्द्रले दैनिक ३० देखि ३५ जना बालबालिकालाई नियमित ट्युसन पढाउँदै आएको बताउनुभयो ।

विपन्न परिवारका बालबालिकाका लागि विद्यालयको शिक्षाको अलवा थप सिक्ने अवसरको केन्द्र बनेको छ । यहाँ आउने अधिकांश बालबालिका मकै पोलेर बेच्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने, रिक्सा चलाउने श्रमिक परिवारका छोराछोरी छन् । मध्यम र उच्च वर्गका केही बालबालिका पनि यहाँ पढ्छन् ।

भण्डारी ट्युसन पढाउनमात्र सीमित हुनुहुन्न । उहाँले जन्मदिनको अवसर पारेर पढ्न आउने बालबालिकालाई कापी, कलम र पुस्तक उपहार दिने गर्नुहुन्छ । कतिपय सहयोगी हातहरू पनि शैक्षिक सामग्री र लत्ताकपडाको सहायता लिएर आइपुग्ने गर्छन् । सिकाइका अतिरिक्त शैक्षिक सामग्री तथा लत्ताकपडा उपहार र सहायताले बालबालिकालाई हौसला थप्ने गरेको छ । भण्डारी बालबालिकालाई सिकाउने व्यवस्थित ठाउँको अभाव खड्किरहेको छ भन्नुहुन्छ, “घामपानी छल्ने एउटा व्यवस्थित स्थानमा राखेर पढाउन पाए अझ राम्रो हुन्थ्यो ।”

सेवाको कदर

चन्द्र भण्डारीको स्वःस्फुर्त सेवाभावको कदर गर्दै झन्डै हजारौँ सङ्घसंस्थाले सम्मान गरेका छन् । झापा दमकको ‘पढ्ने घर’ संस्थाले २०७१ सालमा पहिलोपटक सम्मान गरेको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था, विद्यालय र कलेजबाट दर्जनौँ सम्मान र अवार्ड प्राप्त गरिसक्नुभएको छ । दीर्घकालीन सेवाको कदर गर्दै भण्डारीलाई प्रतिष्ठित ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ प्रदान गरिएको थियो ।

विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन शिक्षणमार्फत पुर्याएको योगदानको कदर गर्दै २०७२ सालमा इटहरीस्थित सेक्रेड हार्ट इङ्लिस स्कुलको २०औँ वार्षिकोत्सवका अवसरमा भण्डारीलाई सम्मान गरेको थियो । यस्तै मानवअधिकार तथा शान्ति समाजले नगदसहित सम्मान गरेको छ । जनता बहुमुखी क्याम्पस इटहरीले पनि उहाँको कार्यलाई उदाहरणीय ठान्दै सम्मानपत्र प्रदान गरिसकेको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो मानिने नयन मिडिया फाउन्डेसनद्वारा सञ्चालित प्रदेश खबर डटकमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’बाट २०८१ सालमा उहाँलाई सम्मान गरिएको थियो । त्यसैगरी, कस्तुरी एकेडेमी इटहरीले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई सम्मानपत्र प्रदान गरेको थियो ।

भण्डारीका लागि यी सम्मान केवल कागजमा लेखिएका शब्दमात्र होइनन्, ती सबै उहाँप्रतिको समाजको भरोसा र माया हुन्, जसले उहाँलाई अझै अघि बढ्न प्रेरित गरिरहेको छ । भण्डारी भन्नुहुन्छ, “कर्म गर्नु मेरो कर्तव्य हो, फलको आश गरेको छैन । मैले जीवनमा गर्नुपर्ने यसबाहेक अर्को कुनै उन्नत काम देखेको छैन । मलाई अहिलेसम्म हजारौँहजार सङ्घसंस्थाले सम्मान प्रदान गरेका छन् ।”

“ती सम्मानहरूले झन् जिम्मेवारीबोध गराएको छ, जहिलेसम्म सक्छु स्वास्थ्यले साथ दिएसम्म बालबालिकालाई पढाउने, सिकाउने कर्म गरिरहन्छु ।” उहाँका लागि यो निःशुल्क शिक्षा दिनु पेसा नभएर जीवनको उद्देश्य र आत्मसन्तुष्टिको स्रोत बनेको छ । यही निःस्वार्थ भावनाले उहाँलाई तीन दशकभन्दा बढी समयदेखि यही एउटै ठाउँमा उभ्याइरहेको छ ।

भण्डारी भन्नुहुन्छ, “दुःखसुख तीन दशकभन्दा बढी समय यसरी नै बिताएँ । म खुसी छु, पढ्न आउने बालबालिका पनि खुसी छन् ।” यही खुसीले उहाँलाई हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गरिरहेको छ । शैक्षिक र सामाजिक सचेतनाको संवाहकका रूपमा भण्डारी परिचित हुनुहुन्छ । उहाँले पढाउनुभएका विद्यार्थी हाल कोही उच्चशिक्षा र रोजगारीका सिलसिलामा अमेरिका पुगेका छन् भने कोही नेपालमै विभिन्न पेसा, व्यवसायमा संलग्न छन् ।

श्रीमती र छोराहरूको भर

एसएलसीसम्मको मात्र पढाइ पूरा गर्नुभएका भण्डारीले आफूले चाहेजति पढ्न नपाए पनि श्रीमती सावित्री र छोराहरूलाई पढ्ने वातावरण बनाएर आफ्नो रहर पूरा गरिरहनुभएको छ । चन्द्र भण्डारीको खुला विद्यालय र श्रीमती सावित्रीसँगको वैवाहिक जीवनको उमेर बराबरी छ । आफूले उच्च शिक्षा पढ्न नपाएर पनि चन्द्रले श्रीमतीलाई पढ्न पे्ररणा दिनुभयो, हौसला दिनुभयो । विवाह गर्दा एसएलसीमात्र उत्तीर्ण गर्नुभएकी सावित्रीले विवाहपछि नै पढाइलाई निरन्तरता दिँदै स्नातकोत्तर पूरा गर्नुभएको छ । उच्च शिक्षा हासिलसँगै उहाँले अहिले इटहरीकै एक निजी विद्यालयमा पढाउनुहुन्छ । त्यही आम्दानीबाट परिवारले घरको गुजारा गर्दै आएको छ । चन्द्र सावित्रीका छोरा उत्तम र उत्सव अहिले स्नातकोत्तरमा अध्ययनरत हुनुहुन्छ ।

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.