• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : अफिम खेतीमा तालिबानको प्रतिबन्ध


    Avatar photo
शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

काठमाडौं- आज ३ अप्रिल। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थानपिच्छे आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍वभर चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८८५- इन्जिनको डिजाइनका लागि जर्मन इन्जिनियरलाई प्याटेन्ट

सन् १८८५ मा आजकै दिन जर्मनीका इन्जिनियर गोटलिब डेम्लरलाई इन्जिनको डिजाइनका लागि प्याटेन्ट प्रदान गरिएको थियो। उनलाई क्लक इन्जिनका पिता पनि भन्‍ने गरिन्छ। उनले विकास गरेको इन्जिन अटोमोबाइलको आविष्‍कारका लागि कोशेढुंगा मानिन्छ।

– सन् १९४०- पोल्यान्डका २२ हजार नागरिकको सोभियत सेनाद्वारा हत्या

सन् १९४० मा आजकै दिन सोभियत सैनिकहरूले पोल्यान्डका २२ हजार नागरिकको हत्या गरेका थिए। काटिन हत्याकाण्डलाई इतिहासमै युद्धबन्दीहरू माथि गरिएको सबैभन्दा भयानक नरसंहार मानिन्छ। सोभियत संघका नेता जोसेफ स्टालिनले सबै युद्धबन्दीको हत्या गर्न आदेश दिएका थिए।

– सन् १९७३- म्यानहटनको फुटपाथमा पहिलो मोबाइल कल

सन् १९७३ मा आजकै दिन पहिलोपटक अमेरिकाको म्यानहटनस्थित फुटपाथमा मोबाइलबाट पहिलो कल गरिएको थियो। मोटोरोलाका मार्टिन कुपरले बेल ल्याब्सलाई मोबाइल कलमार्फत सडकमा बोलाएका थिए। पछि उनले बीबीसीसँग भनेका थिए, ‘जोएल, म तिमीलाई एक असली सेल्युलर टेलिफोनबाट कल गरिरहेको छु। यो एक पोर्टेबल ह्यान्डहेल्ड टेलिफोन हो।

– सन् १९९६- चिठ्ठी बम्बर टेड केजिन्स्की पक्राउ

सन् १९९६ मा आजकै दिन चिठ्ठीमार्फत बम पठाएर मानिसको ज्यान लिँदै आएका गणितज्ञ टेड केजिन्स्की पक्राउ परेका थिए। अराजकतावादी विचारबाट प्रभावित उनले सन् १९७८ देखि १९९५ सम्ममा १६ वटा पत्र बम पठाएको खुलासा भएको थियो। त्यसमा परी ३ जना मारिएका थिए भने २३ जना घाइते भएका थिए।

– सन् २०१६- पानामा पेपर सार्वजनिक

सन् २०१६ मा आजकै दिन पानामा पेपर सार्वजनिक गरिएको थियो। पानामा ल फर्मले विश्‍वमा कसरी कर छली हुँदै आएको छ र कालोधन कसरी लुकाइँदै आएको छ भन्‍ने सार्वजनिक गरेको थियो। यो गोप्य तथ्यांकहरूको सबैभन्दा ठूलो खुलासा थियो।

– सन् २०२२- अफिम खेतीमा तालिबानको प्रतिबन्ध

सन् २०२२ मा आजकै दिन अफगानी तालिबानले अफिम खेतीमा प्रतिबन्ध लगाएको थियो। विश्‍वमै अफिमको ८० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने गरेको छ। र, तालिबानको प्रतिबन्धले अवैध लागूपदार्थको विश्‍वव्यापी प्रसारमा प्रभाव पारेको थियो।

– सन् २०२३- चार अन्तरिक्ष यात्री चन्द्रमामा जाने घोषणा

सन् २०२३ मा अमेरिकी अन्तरिक्ष अभियान नासाले चारजना अन्तरिक्ष यात्री चन्द्रमामा जाने घोषणा गरेको थियो। आर्टमिस-२ मिसनमा क्रिस्टिना ह्यामोक कोच, भिक्टर ग्लोभर, रेड वाइजम्यान र क्यानाडाका खगोलविद जेरेमी ह्यान्सेन चन्द्रमामा जाने घोषणा थियो त्यो। उनीहरू १ अप्रिल २०२६ मा मात्र चन्द्रमाका लागि प्रस्थान गरेका थिए।

– सन् २०२४- ताइवानमा शक्तिशाली भूकम्प

सन् २०२४ मा आजकै दिन ताइवानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। त्यसमा परी ९ जनाको मृत्यु भएको थियो भने करिब ९०० जना घाइते भएका थिए।

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.