मेष- कसैसँग अनावश्यक झगडा हुन सक्छ। लेनदेनको समस्याले सताउनेछ। कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ।
वृष- मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। मित्रले प्रशंसा गर्नेछन्। पढाइमा सुधार आउने योग छ। कुरा काट्नेहरू प्रशंसक बन्ने छन्।
मिथुन- अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ।
कर्कट- व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ। स्वास्थ्य स्थितिमा सुधार आउने छ। लाभदायक दिन छ।
सिंह- बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनु होला। निको भएको रोगले पुनः सताउन सक्छ। समय राम्रो छ।
कन्या- विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादि लाभ होला। शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ।
तुला- अरूको विश्वास जित्न सकिनेछ। धन मान पाउने योग छ। गरेको कामबाट फाइदा नै हुनेछ। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्ने योग छ।
वृश्चिक- अनुकूल यात्राको सम्भावना छ। पठनपाठन सामान्य रहला। फुर्सदिलो समय छ। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ।
धनु- हतारको निर्णयले काम बिग्रन सक्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। आज आर्थिक संकट पनि आउनेछ।
मकर- नयाँ दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ। गलत विचारहरूले काममा बाधा सिर्जना गर्नेछन्। जागिरबाट सन्तुष्टी मिल्ने देखिन्छ।
कुम्भ- सोच्ने शक्ति बढ्ने छ। धनको वृद्धि हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने दिन छ। रोकिएका काम सजिलै सम्पन्न हुनेछन्।
मीन- परिश्रमले धेरै काम बन्नेछन्। धन पनि मनग्य कमाउनु होला। भाग्य पनि बलियो छ। मनोरञ्जनमा भुलिने समय छ। साथीभाइले राम्रै सहयोग गर्लान्।