काठमाडौं- आज २१ मार्च। विश्व इतिहासमा भएका विभिन्न सामाजिक-राजनीतिक घटनाका कारण आजको दिन स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही घटनाको सारसंक्षेप।
– सन् १९४३- हिटलरको हत्या षडयन्त्र असफल
रुडोल्फ क्रिस्टोफ फ्रेहेर भोन गेर्सडोर्फ जर्मन सेनाका एक अधिकारी थिए। उनले २१ मार्च १९४३ मा आत्मघाती बम विष्फोट गरेर एडोल्फ हिटलरलाई मार्ने प्रयास गरे। तर, योजना असफल भयो। तिनीहरूको बम पड्किनुअघि नै हिटलरले डिफ्युज गराउन सफलता पाएका थिए।
– सन् १९५२- विश्वको पहिलो रक एन्ड रोल कन्सर्ट
डीजे एलन फ्रिडले कन्सर्ट प्रस्तुत गरे, जुन धेरै भीडका कारण केवल एक गीतपछि बन्द गरिएको थियो। स्थानीय कन्सर्ट प्रमोटर ल्यू प्लाट र रेकर्ड रेन्डेजभोसका मालिक मिन्ट्जलगायत फ्रिडका प्रायोजकहरू मिलेर कन्सर्ट आयोजना गरिएको थियो।
– सन् १९७०- पृथ्वी दिवस पहिलोपटक मनाइयो
पहिलो संस्करण अमेरिकाका केही शहरमा पृथ्वी दिवस सीमित थियो। आज पृथ्वी दिवस विश्वभर करिब १ अर्ब मानिसले मनाउँदै आएका छन्। यो एउटा दिवस हो, जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरुकतालाई प्रेरित गर्न निर्धारण गरिएको छ। यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको वसन्त ऋतुको पहिलो दिन २१ मार्चदेखि मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए। तर, पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवस शुरु गरे। त्यस दिनदेखि आजसम्म प्रत्येक वर्ष २२ अप्रिलमा संसारभरि विश्व पृथ्वी दिवस मनाइन्छ।
– सन् १९८५- सार्पभिल नरसंहारमा ६९ को मृत्यु
सन् १९८५ मा भएको सार्पभिल नरसंहारमा ६९ जना निहत्था व्यक्तिको मृत्यु भएको थियो। यो दक्षिण अफ्रिकाको इतिहासमा टर्निङ प्वाइन्ट थियो।
– सन् २००६- ज्याक डोर्सीले गरे संसारकै पहिलो ट्विट
ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्विट मलेसियाका एक व्यापारीलाई २.९ मिलियन डलर (२.१ मिलियन पाउन्ड) बराबरमा बेचिएको थियो। वगकत कभत गउ mथ तधततच लेखिएको पहिलो ट्विट डोर्सीले २१ मार्च २००६ मा गरेका थिए। यो ट्विट बिटक्वाइनको प्रतिद्वन्द्वी इथर क्रिप्टोकरेन्सी प्रयोग गरेर खरिद गरिएको थियो।
– सन् २०१३- ब्रह्माण्ड १३.८३ अर्ब वर्ष पुरानो
युरोपियन अन्तरिक्ष एजेन्सीले एक नयाँ तथ्यांक जारी गर्दै हाम्रो ब्रह्माण्ड १३.८२ अर्ब वर्ष पुरानो रहेको दाबी गरेको थियो।
– सन् २०१८- चीनमा मिडियामाथि सख्त कडाइ
सन् २०१८ मा आजकै दिन चीन सरकारले सञ्चार माध्यमहरूमाथि सख्त कडाइ गरेको थियो। सोही उद्देश्यले सरकार नियन्त्रित रेडियो र टेलिभिजनलाई आपसमा विलय पनि गरिएको थियो। र, त्यस नियन्त्रणलाई ‘भ्वाइस अफ चाइना’ नाम दिइएको थियो।
– सन् २०१९- २ पाठेघर भएकी महिलाले जन्माइन् तिम्ल्याहा
दुईवटा पाठेघर भएकी बंगलादेशकी एक महिलाले आजकै दिन एउटा पाठेघरबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। त्यसको २६ दिनअघि उनले अर्को पाठेघरबाट एक बच्चा जन्माएकी थिइन्। दुवैपटक उनी सुरक्षित सुत्केरी भएकी थिइन्। यो घटनाले विश्वव्यापी चर्चा पाएको थियो।
– सन् २०१९- इराकी नदीमा डुंगा डुब्दा १०० को मृत्यु
सन् २०१९ मा आजकै दिन इराकको मोसुल नजिक टिगरिस नदीमा ओभरलोडेड डुंगा डुब्दा करिब १०० जना मारिएका थिए।
– सन् २०१९- चीनमा केमिकल फ्याक्ट्रीमा विष्फोट
सन् २०१९ मा आजकै दिन चीनको चेन्जियाङस्थित केमिकल फ्याक्ट्रीमा विष्फोट हुँदा ७८ जना मारिएका थिए। घटनामा अन्य ६१७ जना घाइते भएका थिए। विष्फोटका कारण शक्तिशाली भूकम्पको जस्तो धक्का महशुस भएको थियो।
– सन् २०२२- चाइना इस्टर्न विमान दुर्घटनामा गयो १३२ को ज्यान
सन् २०२२ मा आजकै दिन चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १३२ जनाको ज्यान गएको थियो। बोइङ-७३७-८९पी विमान गुआङ्सी प्रान्तको वुचोऊको पहाडी इलाकामा दुर्घटनाग्रस्त भएको थियो। उक्त विमान कुन्मिङबाट ग्वान्जाऊ जाँदै थियो।
– सन् २०२३- अफगान भूकम्पमा १९ मारिए
अफगानिस्तानमा आजकै दिन गएको भूकम्पमा १९ जनाको मृत्यु भएको थियो। ६.५ रेक्टर स्केलको भूकम्पमा अन्य २०० जना घाइते भएका थिए। भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको उत्तरपूर्वस्थित पाकिस्तानसँगको सीमा नजिक थियो।
– सन् २०२५- विद्युत स्टेसनमा आगो लाग्दा १३ सय उडान रद्द
सन् २०२५ मा आजकै दिन बेलायतको राजधानी लन्डनस्थित हिथ्रो विमानस्थल नजिक विद्युत सब-स्टेसनमा आगो लाग्दा १ हजार ३०० भन्दा बढी उडान रद्द भएका थिए। त्यसबाट २ लाख ७० हजारभन्दा बढी यात्री अलपत्र परेका थिए।