मेष- विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। दानपुण्य र भेटघाटले मनमा सन्तोष मिल्नेछ। सन्तानबाट सन्तोष प्राप्त हुनेछ। साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ।
वृष- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ। आर्थिक पक्ष सबल बन्नेछ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला।
मिथुन– सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। टाढाको यात्रासमेत हुन सक्छ। धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला।
कर्कट- लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। पारिवारिक जीवन सामान्य रहने छ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने समस्याको हल हुनेछ।
सिंह- लाभदायक समाचार सुन्न पाइएला। साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ। खर्च भने बढ्ने छ।
कन्या- लामो समयदेखि रोकिएका काम बन्दै जानेछन्। धनको प्राप्ति होला। मिहिनेतले पुरस्कार र विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
तुला- मित्रजनबाट सहयोग मिल्नेछ। नोकरीमा प्रशंसनीय कार्य गरिनेछ। आकस्मिक धन आर्जन हुन सक्छ। मान-सम्मान र प्रतिष्ठा बढ्नेछ।
वृश्चिक- घरमा पाहुनाले सताउलान्। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। घर-गृहस्थीमा केही समस्या देखिन सक्छ।
धनु- बालबच्चाबाट सन्तोष प्राप्त हुनेछ। धार्मिक स्थलको भ्रमण हुन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनु होला।
मकर- नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु होला। दिन सामान्य छ।
कुम्भ- सुखद समाचार सुन्न पाइनेछ। विविध लाभ पनि होला। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।
मीन- शरीरमा आलस्य जाग्नेछ। प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खनु होला।