• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु


    Avatar photo
शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित

कर्णाली- तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।

Advertisement

उपचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ललिजङ्ग शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालीको गर्भावास्थामा प्रेसर बढेर अस्पताल पुर्‍याइएको थियो । बिरामीमा मिर्गौला र कलेजको पनि समस्या थियो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञले गर्नुपर्ने उपचार जुम्लामा नभएकाले यहाँ ल्याइएको थियो ।”

शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लैजाने भनिए पनि सिधैँ त्यहाँ लैजाने अवस्था नभएकाले डायलोसिस हुन सक्छ कि भनेर यहाँ ल्याइएको जनाउँदै डा शाहीले सेन्ट्रल भेनस क्याथेटराइजेसन (सिभिसी) खोल्न नमिलेपछि सघन उपचार कक्ष (आइसियु) राखेर उपचार थालिएको बताउनुभयो । उहाँका अनुसार उपचारको क्रममा बिहीबार राति १ः०० नेपालीको मृत्यु भएको हो ।

अस्मिताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रतिष्ठानको सघन कक्षमा राखेर उपचार गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यमा थप सुधार ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत सुर्खेत पुर्‍याइएको बताउँदै उपचारका क्रममा राति मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्मिताको कलेजो र मिर्गाैलामा समस्या देखिएको थियो । चार दिनअघि जुम्ला प्रतिष्ठानमा शिशुको जन्म दिएकी अस्मिताको उपचारका क्रममा मृत्यु भएको बताउँदै उहाँले नवजात शिशुको अवस्था भने सामान्य रहेको उल्लेख गर्नुभयो ।

मृतकका श्रीमान् राज नेपालीले निरन्तर प्रयास गरे पनि अस्मितालाई बचाउन नसकिएको दुःखेसो व्यक्त गर्नुभयो । नवजात छोरीको अवस्था सामान्य रहेको उहाँको भनाइ छ । राजका अनुसार आर्थिक अवस्था कमजोर भएकाले ऋण गरेर सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै आज शव जुम्लामा पुर्‍याइएको छ । आजै दाहसंस्कार पनि गरिने परिवारले जनाएको छ ।

शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.