• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : भोकै-तिर्खै ज्यान गुमाए ६० आप्रवासीले


    Avatar photo
शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित

काठमाडौं- आज १४ मार्च। विश्‍व इतिहासका अनेकन घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍वव्यापी चर्चा पाएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९१०- इतिहासकै धेरै इन्धन पोखिएको घटना

सन् १९१० मा आजकै दिन भएको लेकभ्यू गसर इतिहासकै सबैभन्दा धेरै इन्धन पोखिएको घटना मानिन्छ। १८ महिनासम्म इन्धन पोखिएको थियो। त्यस क्रममा ९० लाख ब्यारेल कच्चा तेल नष्‍ट भएको थियो।

– सन् १९४२- मृत्युको मुखमा पुगेका बिरामी बाँचे पेनिसिलिनबाट

सन् १९४२ मा आजकै दिन मृत्युको मुखमा पुगेका एक बिरामीलाई पेनिसिलिनको मद्दतबाट ज्यान बचाउन सफलता मिलेको थियो। यो इतिहासकै पहिलो घटना थियो। ओरभन हेस र जोन बमस्टिडलाई त्यसको श्रेय जान्छ।

– सन् १९७९- फ्याक्ट्रीमै विमान दुर्घटनामा २०० को मृत्यु

सन् १९७९ मा चीनमा अनौठो घटना भएको थियो। चीनको एक कारखानामै विमान दुर्घटना हुँदा २०० जनाको ज्यान गएको थियो। उक्त विमान एक पाइलटले चोरेका थिए, जो उक्त विमान उडाउन अयोग्य थिए। मारिनेमध्ये अधिकांश कारखानाका मजदुर थिए।

– सन् १९९१- ‘बर्मिङघम सिक्स’को रिहाइ

सन् १९७५ मा भएको बर्मिङघम बम आक्रमणको घटनापछि समातिएका ६ जनालाई त्रुटिबस आजीवन काराबासको सजाय दिइएको थियो। उनीहरू त्यस घटनामा संलग्‍न नरहेको पुष्‍टि भएपछि सन् १९९१ मा आजकै दिन रिहा गरिएको थियो।

– सन् २०१८- प्रख्यात वैज्ञानिक हकिङको निधन

बेलायतका विश्‍वविख्यात सैद्धान्तिक भौतिकशास्त्री स्टेफन हकिङको आजकै दिन निधन भएको थियो। ब्ल्याक होल सिद्धान्त र ‘ए ब्रिफ हिस्ट्री अफ टाइमः फ्रम द बिग ब्याङ टु ब्ल्याक होल्स ((१९९८)’ पुस्तकका लागि उनी मानव सभ्यतामा सदैव स्मरणीय वैज्ञानिक बनेका छन्। उनी ८ जनवरी १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मेका थिए।

– सन् २०२१- म्यानमारमा अर्को क्रान्ति आह्वान

सेनाले १२० भन्दा बढी प्रदर्शनकारीलाई गोली हानी हत्या गरेपछि म्यानमारका विपक्षी नेता महन विन खिङ थानले अर्को क्रान्तिका लागि आह्वान गरेका थिए। मुलुक सबैभन्दा कालो क्षणमा रहेको उल्लेख गर्दै कठोर आन्दोलनका लागि जुट्न नागरिकलाई उनले अपील गरेका थिए।

– सन् २०२०- संसारकै लामो उडान

सन् २०२० मा आजकै दिन हिन्द महासागरको टापु फ्रेन्च पोलिनेसियाबाट फ्रान्सको मुख्य भूमिसम्म सीधा १५ हजार ७१५ किलोमिटरको उडान भएको थियो। खासमा, कोभिड-१९ महामारीका कारण एयर ताहिती नुईको विमानले त्यति लामो उडान गर्नुपरेको थियो।

– सन् २०२३- अमेरिकी ड्रोन र रुसी लडाकु जहाज ठोक्किए

सन् २०२३ मा आजकै दिन अमेरिकी ड्रोन र रुसको लडाकु जहाज ब्ल्याक सीमाथिको आकाशमा ठोक्किएका थिए। एमक्यू-९ रिपर ड्रोनलाई रुसी जहाजले खसालेको दाबी अमेरिकाले गरेको थियो। त्यसबाट युक्रेन युद्ध चल्दै गर्दा रुसले अन्तर्राष्‍ट्रीय घटना गराएको अमेरिकाको दाबी थियो।

– सन् २०२४- भोकै-तिर्खै ज्यान गुमाए ६० आप्रवासीले

सन् २०२४ मा लिबियाको समुद्री तट नजिक ६० जना आप्रवासीले भोकै-तिर्खै ज्यान गुमाउनुपरेको थियो। समुद्रको तटमा नपुग्दै उनीहरू चढेको मोटर बोटको इन्जिन बिग्रिँदा भोकभोकै ज्यान गुमाउनुपरेको हो। उक्त बोटमा सवार अन्य २५ जनाको उद्धार गरिएको थियो।

– सन् २०२५- समुद्री तुफानले लियो ४२ को ज्यान

सन् २०२५ मा आजकै दिन अमेरिकाको दक्षिण र मध्य-पश्‍चिमी इलाकामा आएको समुद्री तुफानमा परी ४२ जनाको ज्यान गएको थियो। तुफानका कारण दुई दिनसम्म उक्त इलाका अस्तव्यस्त रहन पुगेको थियो।

 

शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.