• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु


    Avatar photo
मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित

न्युयोर्क- हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ । संस्थाका अनुसार सुरक्षा कारबाहीका नाममा गरिएको ‘ठूलो मात्रामा घातक’ ड्रोन प्रयोगले बालबालिकासहित निर्दोष नागरिकलाई पनि गम्भीर जोखिममा पारेको छ ।

Advertisement

ह्युमन राइट्स वाचले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म सञ्चालन गरिएका १४१ वटा ड्रोन अपरेसनका क्रममा कम्तीमा एक हजार २४३ जनाको मृत्यु भएको छ । ती मृतकमध्ये कम्तीमा ४३ जना वयस्क आपराधिक गिरोहका सदस्य नभएको स्पष्ट देखिएको छ भने १७ जना बालबालिका पनि रहेका छन् ।

त्यसैगरी यी आक्रमणहरूमा ७३८ जना घाइते भएका छन् । घाइतेमध्ये कम्तीमा ४९ जना आपराधिक समूहसँग सम्बन्धित नभएका व्यक्तिहरू रहेको उल्लेख गरिएको छ ।

हाइटीमा पछिल्ला वर्षहरूमा गिरोह हिंसा तीव्र रूपमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आपराधिक गिरोहहरूले अहिले राजधानी पोर्ट–अ–प्रिन्सको करिब ९० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् । सन् २०२५ मा मात्रै गिरोह हिंसासम्बन्धी घटनामा झन्डै छ हजार जनाको ज्यान गएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको छ ।

क्यारिबियन क्षेत्रमा पर्ने हाइटी अमेरिकाको सबैभन्दा गरिब देश मानिन्छ । यहाँ वर्षौंदेखि हत्या, बलात्कार र अपहरणका घटनासहितको घातक गिरोह हिंसा व्यापक रूपमा फैलिएको छ ।

लगातारको हिंसाका कारण करिब १४ लाख मानिस अर्थात् कुल जनसङ्ख्याको करिब १० प्रतिशत विस्थापित भएका छन् । त्यसैगरी हाइटीका झन्डै आधा नागरिक अहिले गम्भीर खाद्य असुरक्षाबाट प्रभावित भएको अनुमान गरिएको छ । यसमा पाँच वर्षमुनिका करिब १२ लाख बालबालिका पनि समावेश छन् ।

ह्युमन राइट्स वाचका अमेरिकासम्बन्धी निर्देशक जुआनिता गोबर्टसले यी आक्रमणहरूले निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्‍याइरहेको बताउनुभयो । उहाँका अनुसार यी घातक ड्रोन अपरेसनहरूमा धेरै बालबालिकासहित दर्जनौँ सर्वसाधारण नागरिक मारिएका र घाइते भएका छन् ।

उहाँले हाइटीका अधिकारीहरूलाई सुरक्षा बल र उनीहरूसँग काम गर्ने निजी ठेकेदारहरूको गतिविधिलाई तत्काल नियन्त्रणमा लिन आग्रह गर्नुभयो । “थप बालबालिकाको ज्यान जानुअघि हाइटीका अधिकारीहरूले आफ्नो सुरक्षा बल र निजी ठेकेदारहरूलाई तुरुन्तै नियन्त्रण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

हाइटीमा रहेको संयुक्त राष्ट्रसङ्घको एकीकृत कार्यालयका अनुसार यी ड्रोन आक्रमणहरू प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेले गठन गर्नुभएको टास्क फोर्सद्वारा सञ्चालन गरिएको हो । उक्त टास्क फोर्सलाई निजी सैन्य कम्पनी भेक्टस ग्लोबलले परिचालन सहयोग उपलब्ध गराइरहेको बताइएको छ ।

ह्युमन राइट्स वाचका अनुसार हाइटीका लागि वासिङ्टनस्थित राजदूतले अमेरिकी विदेश मन्त्रालयले भेक्टस ग्लोबललाई हाइटीमा रक्षा सेवाहरू निर्यात गर्न अनुमति दिने इजाजतपत्र जारी गरेको पुष्टि गर्नुभएको छ ।

मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.