• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत


    Avatar photo
सोमबार, फागुन २५, २०८२ मा प्रकाशित

खोटाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत जोगाउन प्रत्येक सम्मेदवारले कम्तीमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो ।

Advertisement

 

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यही फागुन २१ गते सम्पन्न निर्वाचनमा ६२ हजार २५७ मत खसेको थियो । जिल्लाका १० स्थानीय तहको १३६ वटा मतदान केन्द्रमा खसेको मतमध्ये ५८ हजार ६३८ मत सदर भएको छ भने तीन हजार ९२८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

निर्वाचन कानुनअनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । उम्मेदवारले आफ्नो नाम दर्ता गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको रकम जफत गरेर राज्यकोषमा जाने कानुनी प्रावधान छ ।

जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राई रहनुभएको छ ।

यस्तै, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर बुढाथोकी ‘शैलेश’, जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राकेश राई, स्वतन्त्र उम्मेदवारहरू तिलकचन्द्र राई र डा राजकुमार राईको जमानत जफत भएको हो ।

प्रत्यक्षतर्फ एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा १६ हजार ६१२ मतसहित श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरेन राई विजयी हुनुभएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका २९ वर्षीय आरेनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका अध्यक्षसमेत रहनुभएका निकटतम प्रतिस्पर्धी देवविक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

एमाले उम्मेदवार देवविक्रमले १२ हजार ७१४ तथा नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३ प्राप्त गर्नुभएको छ । दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा पुरानै राजनीतिक दल (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका थिए ।

यसैबीच, समानुपातितर्फको मत परिणमअनुसार खोटाङमा श्रम संस्कृति पार्टी १८ हजार १३७ मतसहित पहिलो राजनीतिक दल बनेको छ भने नेपाली कांग्रेस ११ हजार ३८५ मतसहित दोस्रो बनेको छ ।

विसं २०७९ को निर्वाचनमा सबैभन्दा बढी २४ हजार २७१ मत ल्याएर जिल्लामा ठूलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० हजार ७०५ मतसहित तेस्रो बनेको छ ।

प्रत्यक्षतर्फ देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङमा समानुपातिकतर्फ आठ हजार ८७९ मतसहित जिल्लाको चौथो दल बनेको छ । २०७९ सालको निर्वाचनमा ११ हजार ८४५ मतसहित तेस्रो स्थानमा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ मत ल्याएर पाँचौँ बनेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जानकारी दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ८३७, राष्ट्रिय परिवर्तन पार्टीको एक हजार २४४, जनता समाजवादी पार्टी (जसपा)को २०२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ९५, जनता समाजवादी पार्टी नेपालको ७२, नेपाल मजदुर किसान पार्टीको ३७ मत खसेको छ । जिल्लामा उम्मेदवार नै नभएका पार्टीका लागिसमेत समानुपातिक मत खसेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समानुपातिकतर्फ एक लाख ४८ हजार ४१९ मतदाता रहेको जिल्लामा फागुन २१ गते सम्पन्न निर्वाचनमा ६३ हजार २५७ मत खसेको थियो । खसेको मतमध्ये ६० हजार १०० मत सदर भएको छ भने तीन हजार १५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.