• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : यूएफओमा मिलेन एलियन्सको प्रमाण


    Avatar photo
आइतबार, फागुन २४, २०८२ मा प्रकाशित

काठमाडौं- आज ८ मार्च। इतिहासका असंख्य घटनाले स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्‍वव्यापी चर्चा कमाएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८१७- न्युयोर्क स्टक एक्सचेन्ज स्थापना

२०८ वर्षअघि आजकै दिन न्युयोर्क स्टक एक्सचेन्ज स्थापना भएको थियो। ‘एनवाईएसई’को नाममा चिनिने यो विश्‍वकै ठूलो स्टक एक्सचेन्ज हो।

– सन् १९१०- पाइलट लाइसेन्स प्राप्त गर्ने पहिलो महिला

रेमोन्डे डे लारोचेले सन् १९१० मा आजकै दिन पाइलटको लाइसेन्स प्राप्त गरेकी थिइन्। उनी नै पाइलट लाइसेन्स प्राप्त गर्ने पहिलो महिला हुन्। फ्रान्सकी लारोचे सोलो फ्लाई गर्ने पहिलो महिला पनि हुन्। तथापि, अभ्यास उडानका क्रममा भएको जहाज दुर्घटनामा परी ३६ वर्षकै उमेरमा उनको निधन भयो। फ्रान्सको उत्तरी क्षेत्रस्थित ले क्रोटोय एयरफिल्डमा उक्त दुर्घटना भएको थियो।

– सन् १९७१- शताब्दीकै लडाईंमा मुहम्मद अलीमाथि जो फ्रेजियरको जित

सन् १९७१ का आजकै दिन जो फ्रेजियरले मुहम्मद अलीमाथि जित हासिल गरेका थिए। सन् १९६७ मा सशस्त्र सुरक्षा बलमा सेवा गर्न अस्वीकार गरेका अली बक्सिङका विश्‍व च्याम्पियन बनेका थिए। उनलाई हराउन फ्रेजियरले विश्‍व च्याम्पियन बन्‍नु थियो, जुन सन् १९७१ मा हासिल गरेका थिए। यस खेललाई २० औं शताब्दीकै लडाईं संज्ञा दिइएको थियो।

– सन् १९७९- आजकै दिन सार्वजनिक भएको थियो सीडी

कम्प्याक्ट डिस्क अर्थात् सीडी आजकै दिन पहिलोपटक सार्वजनिक गरिएको थियो। सीडीको आविष्‍कारको श्रेय फिलिप्स र सोनी कम्पनीलाई जान्छ। दुवै कम्पनीले पछि यसका स्ट्यान्डर्ड फर्म्याटका साथमा सीडी प्लेयर पनि बजारमा ल्याएका थिए। अत्याधुनिक प्रविधिको आविष्‍कार बढ्दै जाँदा सीडीको प्रयोग अहिले कम छ।

– सन् २०१४- मलेसिया एयरलाइन्सको विमान रहस्यमय गायब

मलेसिया एयरलाइन्सको बोइङ-७७७ विमान सन् २०१४ मा आजकै दिन रहस्यमय ढंगले गायब भएको थियो। यो विश्‍व उड्डयन इतिहासकै सुल्झिन नसकेको रहस्य बनेको छ। उक्त विमान हालसम्म फेला परेको छैन। उडान नम्बर ३७० को उक्त विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट चीनको बेइजिङ जाँदै थियो। तीन वर्षसम्म व्यापक खोजीपछि सन् २०१७ मा उक्त विमानको खोज स्थगित गरिएको थियो। ९एम-एमआरओ कल साइनको विमानमा चालक दलका १२ र २२७ यात्रीसहित २३९ जना सवार थिए।

– सन् २०२३- १७१ ट्रिलियन पिस प्लास्टिकले फोहोर पारे समुद्र

पृथ्वीका समुद्रहरूमा १७१ ट्रिलियन पिस प्लास्टिकले फोहोर पारेको सन् २०२३ मा आजकै दिन सार्वजनिक गरिएको एक रिपोर्टले खुलासा गरेको थियो। सन् २००५ मा यो संख्या १६ ट्रिलियन पिस थियो। समुद्रमा प्लास्टिकको फोहोर कुन मात्रामा बढिरहेको छ भन्‍ने यो एक उदाहरण हो। गिरेस इन्स्टिच्युटका वैज्ञानिकहरूले उक्त खुलासा गरेका थिए।

– सन् २०२४- यूएफओमा मिलेन एलियन्सको प्रमाण

सन् २०२४ मा आजकै दिन वैज्ञानिकहरूले हालसम्म प्राप्त उडन तस्तरी (यूएफओ)का प्रमाणमा एलियनको कनेक्सन प्राप्त नभएको बताएका थिए। सन् १९४५ देखि हालसम्म प्राप्त यूएफओका उडानका आधारमा बाह्य अन्तरिक्ष या अन्य ग्रहमा बस्दै आएको अनुमान गरिएका एलियनहरूको कनेक्सन नपाइएको वैज्ञानिकहरूले बताएका हुन्।

– सन् २०२५- सिरियामा १ हजारको हत्या

सन् २०२५ मा आजकै दिन सिरियामा १ हजार मानिसको ज्यान गएको थियो। मारिनेमध्ये ७०० जना निहत्था सर्वसाधारण थिए। सिरियाली सुरक्षा फौज र पूर्व राष्‍ट्रपति बसर अल असद समर्थकहरूबीचको झडपमा त्यति धेरै हताहति भएको थियो। लाटाकिया प्रान्तमा भएको उक्त घटनाले सन् २०११ यताकै ठूलो हताहति गराएको थियो।

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.