काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित भक्तपुर १ बाट विजयी भएका छन्। ३३,४३६ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
Advertisement
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल २८,१४७ मत प्राप्त गर्दै पराजित भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार नेपाली काँग्रेसका किरण न्यौपाने ४,२८२ मत ल्याउँदा एमालेका सोम प्रसाद मिश्र ३,७२१ मत प्राप्त गरे। यसअघि नेमकिपाका सुवालले निरन्तर जित्दै आएका थिए।