कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदुरपश्चिम प्रदेशको प्रतिनिधि सभा अन्तर्गत १६ निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा अग्रता लिएको छ।
प्रदेशका दुई ठूला जिल्ला कैलाली र कञ्चनपुरमा समेत रास्वपाले बलियो अग्रता बनाएको छ ।
कैलालीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि रहेका छन्। कैलाली–१ बाट कोमल ज्ञवाली, कैलाली–२ बाट केपी खनाल, कैलाली–३ बाट जगत प्रसाद जैशी, कैलाली–४ बाट खेमराज कोइराला र कैलाली–५ बाट आनन्दबहादुर चन्द अग्रस्थानमा रहेका छन्।
त्यस्तै कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले अग्रता कायम गरेको छ। कञ्चनपुर–१ बाट जनकसिंह धामी, कञ्चनपुर–२ बाट दीपक बोहरा र कञ्चनपुर–३ बाट ज्ञानेन्द्र महता अगाडि रहेका छन्।
यसैगरी बैतडी जिल्लाबाट हरिमोहन भण्डारी र डडेल्धुरा जिल्लाबाट डा. तारा जोशी ले पनि अग्रता कायम राखेका छन्।
सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।