कैलाली । कैलाली जिल्ला को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार आनन्दबहादुर चन्द ले अग्रता कायम गरेका छन्।
Advertisement
अहिलेसम्म गणना भएको ७ हजार ९१६ मत अनुसार चन्दले ३ हजार ९४४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।
उनीपछि नेपाली कांग्रेस का उम्मेदवार नरनारायण शाह १ हजार ४७५ मतसहित दोस्रो स्थानमा रहेका छन्।
यस्तै नेकपा एमाले का यज्ञराज ढुङ्गाना ले ८४६ मत प्राप्त गरेका छन् भने प्रेमबहादुर आले ले ७८७ मत पाएका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का रोशन शाही ले २२३ मत, स्वतन्त्र उम्मेदवार प्यारालाल राणा ले १०७ मत तथा नागरिक उन्मुक्ति पार्टी का उम्मेदवारले ६३ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ५ मा मतगणना कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।