कैलाली । कैलाली जिल्ला मा जारी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दिउँसो २ बजेसम्म औसत ३६ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच वटै निर्वाचन क्षेत्रमा मतदाताको सहभागिता क्रमशः बढिरहेको छ।
तथ्यांक अनुसार निर्वाचन क्षेत्र नं. १ मा करिब ३० प्रतिशत मतदान भएको छ। यहाँ ३२ हजार ३०४ मत खसेको विवरण छ।
निर्वाचन क्षेत्र नं. २ मा ३२ प्रतिशत मतदान भएको छ भने ३४ हजार ५९१ मत खसेको छ।
यस्तै निर्वाचन क्षेत्र नं. ३ मा ३१ प्रतिशत मतदान भएको छ र ३३ हजार ६९१ मत खसेको छ।
निर्वाचन क्षेत्र नं. ४ मा ३९ प्रतिशत मतदान भएको छ, जहाँ ४४ हजार ९३० मत खसेको छ।
सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. ५ मा ४४ प्रतिशत मतदान भएको छ र यहाँ ५४ हजार २८२ मत खसेको विवरण प्राप्त भएको छ।
जिल्लाभर रहेका २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र मार्फत मतदान भइरहेको छ। हालसम्म कुल २ लाख २ हजार २२२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
मतदान साँझ ५ बजेसम्म जारी रहने भएकाले सहभागिता अझ बढ्ने अपेक्षा गरिएको आयोगले जानकारी दिएकोछ।

