• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : समुद्री तटमा टकरायो विश्‍वकै ठूलो आइसबर्ग


    Avatar photo
बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

काठमाडौं- आज ४ मार्च। विश्‍व इतिहासका असंख्य घटनाले स्थानविशेषमा विशेष महत्त्व राख्छन्। प्रस्तुत छ, विश्‍व चर्चित केही घटनाको सारसंक्षेप।

Advertisement

– सन् १७८९- अमेरिकी संविधान कार्यान्वयनमा

२३७ वर्षअघि आजकै दिन अमेरिकाको संविधान कार्यान्वयनमा आएको थियो। अमेरिकाको संविधानलाई संसारकै बुढोमध्येको संविधान मानिन्छ, जुन अद्यापि कार्यान्वयनमा छ। तथापि, सान मारिनोको संविधानलाई सबैभन्दा पूरानो मानिन्छ, जुन ४२४ वर्षअघि सन् १६०० मा घोषणा गरिएको थियो। सान मारिनो संसारकै सबैभन्दा पुरानो गणतन्त्र हो।

– सन् १८३७- सिकागोलाई शहरको मान्यता

१८९ वर्षअघि अमेरिकाको सिकागोले पहिलोपटक शहरको मान्यता पाएको थियो। त्यतिबेला सिकागोको जनसंख्या ४ हजार २०० थियो।

– सन् १९१८- स्पेनिस फ्लुको महामारी

सन् १९१८ मा आजकै दिन रेकर्ड भएको थियो, स्पेनिस फ्लुको महामारी। त्यसलगत्तै यो संसारभर फैलियो। र, विश्‍वव्यापी महामारी घोषणा भयो। उक्त महामारीले संसारभर २ करोड ५० लाखभन्दा बढीको ज्यान लिएको थियो।

– सन् १९७७- रोमानिया भूकम्पमा १५ सयको गयो ज्यान

सन् १९७७ मा आजकै दिन रोमानियामा गएको भूकम्पमा परी १ हजार ५०० जनाले ज्यान गुमाएका थिए। भ्रान्सिया नामक स्थानमा केन्द्रविन्दु रहेको ७.५ रेक्टर स्केलको भूकम्पमा रोमानियाको राजधानी बुखारेस्ट ध्वस्त भएको थियो।

– सन् १९८०- रोबर्ट मुगावे जिम्बाब्वेको प्रथम अश्‍वेत प्रधानमन्त्री

सन् १९८० मा आजकै दिन रोबर्ट मुगाबे जिम्बाब्वेका प्रथम अश्‍वेत प्रधानमन्त्री बनेका थिए। श्‍वेत अल्पसंख्यकबाट शासित हुँदै आएको मुलुकमा अश्‍वेत आन्दोलनका हिरोका रूपमा मुगावे उदाएका थिए। उनी १९८० देखि १९८७ सम्म प्रधानमन्त्री र १९८७ देखि २०१७ सम्म त्यहाँका राष्‍ट्रपति रहे। आन्दोलनका नायकका रूपमा सत्तारोहण गरेका उनले त्यसपछि चलाएको दमनको शृंखलाका कारण संसारभर आलोचित रहे। ६ सेप्टेम्बर २०१९ मा सिंगापुरको अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो।

– सन् २००७- विश्‍वको पहिलो इन्टरनेट चुनाव

उत्तरी युरोपेली मुलुक इस्टोनियाले आजकै दिन पहिलोपटक इन्टरनेटमार्फत निर्वाचन गरेको थियो। त्यहाँको संसदीय निर्वाचनमा त्यहाँका मतदाताले इन्टरनेटमार्फत भोट हालेका थिए।

– सन् २०२२- पेशावर विष्‍फोटमा ५६ को मृत्यु

सन् २०२२ मा आजकै दिन पाकिस्तानको पेशावरमा भएको विष्‍फोटमा ५६ जनाले ज्यान गुमाएका थिए। घटनामा अन्य १९० जना घाइते भएका थिए। पेशावरको शिया मुसलमान समुदायको मस्जिदमा उक्त विष्‍फोट गराइएको थियो।

– सन् २०२२- चन्द्रमामा ठोक्कियो चिनियाँ रकेट

सन् २०२२ मा आजकै दिन एक चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनावश ठोक्किएको थियो। ४ टन तौलको उक्त रकेट चन्द्रमाको सूर्य देखिने भागमा ठोक्किएको थियो। यो अन्तरिक्षमा भएको दुर्लभ दुर्घटना थियो।

– सन् २०२५- समुद्री तटमा तकरायो विश्‍वकै ठूलो आइसबर्ग

विश्‍वकै ठूलो मानिएको आइसबर्ग आजकै दिन समुद्री तटमा टकराएको थियो। दक्षिण एटलान्टिक महासागरस्थित साउथ जर्जिया द्विपमा उक्त आइसबर्ग ठोक्किएको थियो। ‘ए२३अल्फा’ नाम दिइएको उक्त आइसबर्गको तौल १.१ ट्रिलियन मेट्रिक टन रहेको अनुमान छ।

 

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.