• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : आतंकवादीले गरे १७० गाउँलेको हत्या


    Avatar photo
मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित

काठमाडौं- आज ३ मार्च। विश्‍व इतिहासका अनगिन्ती घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्‍वव्यापी चर्चा पाएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९२४- अटोमन साम्राज्यको अन्तिम अवशेषको अन्त्य

६०० वर्ष राज गरेको अटोमन साम्राज्यको अन्तिम अवशेष टर्कीले आजकै दिन अन्त्य गरेको थियो। र, मुस्तफा कमाल अतातुर्कको नेतृत्वमा आधुनिक टर्कीको जग बसाइएको थियो।

– सन् १९३८- संसारकै तीव्र गतिको वाष्‍प इन्जिन निर्माण

सन् १९३८ मा आजकै दिन विश्‍वकै तीव्र गतिको वाष्‍प इन्जिन निर्माण गरिएको थियो। ‘मल्लार्ड’ नाम दिइएको उक्त इन्जिन १६० किलोमिटर प्रतिघण्टाको दरमा दौडिन सक्थ्यो।

– सन् १९७४- टर्किस एयरलाइन्सको विमान दुर्घटनामा ३४५ मारिए

सन् १९७४ मा आजकै दिन फ्रान्सको राजधानी पेरिस नजिक भएको टर्किस एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार सबै ३४५ जनाको ज्यान गएको थियो। ‘डीसी-१०’ विमान दुर्घटनामा भएको उक्त हताहती उड्डयन इतिहासकै ठूलो घटना मानिन्छ। उक्त विमान इस्तानबुलबाट लन्डन जाँदै थियो।

– सन् १९८५- बेलायतमा खनिज मजदुरको हडताल अन्त्य

बेलायतमा खानीहरूमा कार्यरत मजदुरहरूले एक वर्षदेखि गरिरहेको हडताल आजकै दिन अन्त्य भएको थियो। तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको सरकारविरुद्ध उक्त हडताल भएको थियो। प्रधानमन्त्री थ्याचरले मजदुरहरू प्रति देखाएको क्रुरताको संसारभर आलोचना भएको थियो।

– सन् १९९१- रोडनी किङमाथि अमेरिकी प्रहरीको क्रुर यातना

अमेरिकाको लस एन्जलसमा अश्‍वेत युवक रोडनी किङमाथि स्थानीय प्रहरीले बर्बरतापूर्ण यातना दिएको भिडियो फुटेजले विश्‍वभर तरंग फैलिएको थियो। त्यसमा सामेल प्रहरी अधिकृतलाई रिहा गरिएपछि सन् १९९२ मा लस एन्जलसमा दंगा पनि भड्किएको थियो।

– सन् २००५- पृथ्वीको परिक्रमामा स्टिभ फोसेटको रेकर्ड

सन् २००५ मा आजकै दिन अमेरिकी एडभेन्चरर स्टिभ फोसेटले ६७ घण्टाभित्र पृथ्वीको परिक्रमा गरेर विश्‍व रेकर्ड कायम गरेका थिए। बीचमा उनले इन्धन भर्न उत्रिनुपरेन। उनले त्यस क्रममा ४० हजार २३४ किलोमिटर उडान भरेका थिए।

– सन् २००९- श्रीलंकाली क्रिकेट टोलीमाथि पाकिस्तानमा आक्रमण

सन् २००९ मा आजकै दिन श्रीलंकाको क्रिकेट टोलीमाथि पाकिस्तानमा आतंकवादी आक्रमण भएको थियो। लाहोरस्थित गद्दाफी स्टेडियमतर्फ जाँदै गरेको श्रीलंकाको टोलीमाथि उक्त आक्रमण भएको थियो। घटनामा ६ जना श्रीलंकाली खेलाडी घाइते भएका थिए भने ६ पाकिस्तानी प्रहरी र २ सर्वसाधारण मारिएका थिए।

– सन् २०१७- आयरल्यान्डमा भेटियो ८०० बालबालिकाको चिहान

सन् २०१७ मा आजकै दिन आयरल्यान्डमा ८०० बालबालिकाको सामूहिक चिहान फेला परेको थियो। आयरल्यान्डको टुआमस्थित क्याथोलिक केयर होम परिसरमा उक्त चिहान फेला परेको थियो।

– सन् २०२०- इरानमा एकसाथ ५४ हजारलाई कारागारबाट मुक्ति

कोभिड-१९ महामारी फैलिएपछि इरानले आजकै दिन ५४ हजार कैदीलाई कारागारबाट मुक्त गरेको थियो। कोभिड-१९ बाट ७७ जनाको मृत्यु र २ हजार ३०० जना बिरामी परेपछि आत्तिएको इरानले कैदीहरूलाई रिहा गर्ने निर्णय लिएको थियो। त्यतिबेला २ दर्जनभन्दा बढी सांसद पनि कोरोना संक्रमित बनेका थिए।

– सन् २०२२- युक्रेनको न्युक्लियर प्लान्ट रुसको कब्जामा

सन् २०२२ मा आजकै दिन रुसी सेनाले युक्रेनको परमाणु प्लान्ट कब्जामा लिएको थियो। जापोर्जियास्थित उक्त प्लान्ट युरोपकै ठूलो परमाणु ऊर्जा केन्द्र हो।

– सन् २०२४- आतंकवादीले गरे १७० गाउँलेको हत्या

अफ्रिकी मुलुक बुर्किना फासोमा आजकै दिन सशस्त्र आतंकवादी समूहले १७० जना गाउँलेको हत्या गरेको थियो। मुलुकको उत्तरी क्षेत्रका गाउँमा आतंकवादीहरूले नरसंहार मच्चाएका थिए।

मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.