मेष- रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। दाम्पत्य जीवन सुखद रहनेछ। समग्रमा दिन रमाइलो छ।
वृष- खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।
मिथुन- प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्।
कर्कट- विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
सिंह- मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ।
कन्या- नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला।
तुला- आज मनग्य धन आर्जन होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ।
वृश्चिक- पति-पत्नीबीच घरसल्लाह नमिल्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन्। व्यावसायिक काममा भने खर्च बढ्नेछ।
धनु- प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। सिर्जनामा रुचि बढ्नेछ।
मकर- आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ।
कुम्भ- कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ।
मीन- रोकिएका काम सम्पादन हुनेछन्। पठन-पाठनमा प्रगति हुनेछ। विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।