मेष- शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। आकस्मिक धन आर्जन हुनाले मन हर्षित होला।
वृष- सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला।
मिथुन- आर्थिक पक्ष सुदृढ बन्नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ।
कर्कट- हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला। काममा सोचेजस्तै सफलता मिल्नेछ।
सिंह- टाढाको यात्रा सम्भावित छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ।
कन्या- दोधारको अवस्था सिर्जना हुन सक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला- बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयमित रहनु होला। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ।
वृश्चिक- बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। वित्तादि लाभ पनि प्राप्त होला। आम्दानीका स्रोत बढ्ने छन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्।
धनु- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। भाग्योन्नतिको समय छ।
मकर- मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
कुम्भ- जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुनेछ।
मीन- ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ। विभिन्न उपहार प्राप्त हुने समय छ। रमाइलो जमघटको अवसर पनि प्राप्त हुनेछ।