मेष- कामका बाधाहरू हट्नेछन्। नसोचेको ठाउँबाट धन प्राप्त होला। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नु होला।
वृष- विलासितामा धन खर्च हुनेछ। घरेलु काममै अल्झनुपर्नेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। समय मध्यम छ।
मिथुन- अर्थ अभावले काम रोकिने सम्भावना छ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। तथापि, रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।
कर्कट- दिगो आम्दानी हुने काम शुरु हुनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आकस्मिक धन आर्जन हुने देखिन्छ।
सिंह- कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कन्या- केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
तुला- दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
वृश्चिक- प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ हुन सक्छ। आज आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
धनु- हिम्मतले काम बनाउन सकिनेछ। वित्तादि लाभ हुने देखिन्छ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।
मकर- आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ।
कुम्भ- आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ। व्यापार-व्यवसायमा बढी नै फाइदा हुने समय छ। आम्दानी बढ्नेछ।
मीन- आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ। मिहिनेतले अध्ययनमा प्रगति हुनेछ। दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ।