• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लागुऔषध गिरोह भिडन्तले विश्वकप पर्यटनमा चिन्ता


    Avatar photo
मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित

मेक्सिको- सन् २०२६ को फिफा विश्वकपका खेलहरू आयोजना गर्ने तयारीमा रहेको मेक्सिकोमा शक्तिशाली लागुऔषध गिरोहविरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले पर्यटन क्षेत्र चिन्तित बनेको छ । विशेष गरी जलिस्को राज्यका सहरहरूमा भएको गोलीबारी र विस्फोटका घटनाले स्थानीय व्यवसायी र पर्यटक दुवैमा असहजता बढाएको छ ।

Advertisement

जलिस्कोको पहाडी सहर टपाल्पामा पारिवारिक सानो पसल सञ्चालन गर्दै आएकी ५० वर्षीया मारिया डोलोरेस अगुइरेका अनुसार पछिल्लो घटनाले जीविकोपार्जनमै असर पार्ने डर बढेको छ । मेक्सिकाली सेनाले नजिकै ‘एल मेन्चो’ भनेर चिनिने लागुऔषध गिरोहका नेता नेमेसियो ओसेगुरा सर्भान्टेसविरुद्ध कारबाही गर्दा गोलीबारी र हेलिकप्टरको गतिविधि देखिएको थियो । अधिकारीहरूका अनुसार उक्त अपरेसन र त्यसपछिको झडपमा ७० जनाभन्दा बढीको ज्यान गएको छ ।

ओसेगुरा सर्भान्टेस जलिस्को न्यु जेनेरेसन लागुऔषध गिरोहका नेता थिए, जसलाई फेन्टानिल, मेथामफेटामाइन र कोकेन तस्करीसँग जोडेर हेरिँदै आएको थियो । ह्वाइट हाउसले उक्त अपरेसनमा अमेरिकी खुफिया सहयोग रहेको पुष्टि गर्दै मेक्सिकाली सेनाको प्रशंसा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनको गिरफ्तारीका लागि सूचना दिने व्यक्तिलाई एक करोड ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।

मेक्सिको सरकारले लागुऔषध गिरोहविरुद्ध कारबाही तीव्र बनाउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपराधिक समूहहरूविरुद्ध कडा कदम नचाले थप शुल्क वा एकपक्षीय कारबाहीको चेतावनी दिनुभएको थियो । विश्वकै ठूलो फेन्टानिल तस्कर मानिएका नेताको मृत्युले दबाब कम हुने अपेक्षा गरिएको भए पनि सम्भावित प्रतिशोधको चिन्ता बढेको छ ।

प्रशान्त तटीय पर्यटकीय सहर पोर्टो भल्लार्टामा आइतबार बिहान विस्फोट र कालो धुवाँ देखिएपछि पर्यटकहरू त्रसित भएका थिए । ५७ वर्षीय अमेरिकी पर्यटक स्टिभ पर्किन्स र उहाँकी पत्नी गेलले आफ्नो होटलको छतमा हुँदा वरिपरि विस्फोट सुन्नुभएको थियो । सोमबार उडान रद्द भएपछि उहाँहरूको स्वदेश फिर्ता ढिलाइ भएको थियो । सन् २०१२ देखि नियमित रूपमा यहाँ भ्रमण गर्दै आएका उहाँहरूले भविष्यमा पुनः आउने विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ ।

टपाल्पामा अगुइरेको १५ वर्षीय छोराको कक्षा हिंसाका कारण रद्द गरिएको थियो । उहाँका अनुसार अहिले क्षेत्रको नियन्त्रण सेना वा लागुऔषध गिरोहमध्ये कसको हातमा छ भन्ने स्पष्ट छैन । “यदि नेताको मृत्यु भएको हो भने अब नेतृत्व र नियन्त्रणका लागि फेरि सङ्घर्ष हुन सक्छ”, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जलिस्को राज्यले आगामी विश्वकपका खेलहरू आयोजना गर्ने भएकाले सुरक्षा व्यवस्थाप्रति विशेष चासो बढेको छ । स्थानीय व्यवसायीहरूका अनुसार भर्खरैका हिंसात्मक घटनाहरूले विदेशबाट आउने पर्यटकहरूलाई यात्रा गर्ने विषयमा फेरि सोच्न बाध्य पार्ने सम्भावना छ । त्यसैले सरकारले कडा सुरक्षा प्रबन्धहरू लागू गरी आगन्तुकहरूको विश्वास फिर्ता ल्याउन आवश्यक देखिन्छ ।

मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.