मने कमरेटको
सागर के तुफानको भी हमने
वश में किया है
पहाड और चट्टान का पथ
मोड दिया है
वाला खतरा गाना
सामाजिक सञ्जालमा सुनेर
Advertisement
बालिउडका संगीतकारले
नाना पाटेकरका लागि
गीत गाउन कमरेटलाई
मुम्बई बोलाउने विचार गरे
यो खबर पाउनासाथ
हाम्रा कमरेटले पनि खुशी हुँदै
रियाज गर्ने विचार गरे
कसलाई गुरु थाप्ने
भन्दै सल्लाह गरेको त
संगीतका जानकार झापाली बासँग
संगीत सिक्ने निर्णय भयो
गुरु दक्षिणा लिएर
बा कहाँ पुगेको त
बाले भने-
डडेलधुरे बडाकाजीसँग देउडा
र बिना ढेउवा कमरेटसँग
भोजपुरीको क्लास पनि लिए
तपाईंको आवाजमा चार चाँद लाग्ने छ
बाँकी तपाईंको आवाज तिखार्न त
म छँदै छु नि कमरेट !
यो सुनी खुशी हुँदै कमरेट
सागर के तुफानको भी हमने …
गाउँदै खुमलटारतिर लागे !