सबैले पार्टी खोलेको देखेर
बडका भलमन्साले पनि
पार्टी खोल्ने विचार गरे
Advertisement
भतिज ठग्गालाई
बोलाइपठाए सल्लाह गर्न
भतिज क-कसलाई राख्ने हो ?
चुनाव चिह्न के बनाउने हो ?
ठग्गाले भन्यो- अध्यक्ष तपाईं नै हो काका
उपाध्यक्ष काकी
महासचिव म
कोषाध्यक्ष बुहारी
चुनाव चिह्न काकाकै फोटो राख्ने
त्यति भए पुग्छ होला काका !
एउटा फेसबुक खोल्ने हल्ला मच्चाउन
युट्युबमा २-४ अन्तरवार्ता मिलाउँछु
केही समाचार लेख्न लगाउँछु
त्यतिले त हल्ला भइहाल्छ !
घोडा-गाडी, कार्यकर्ता
अरू चुनाव खर्चका लागि
राजमार्गमा बाँस तेर्स्याउने
गाउँलेलाई तर्साएर चन्दा माग्ने
त्यति भए त पुग्ला काका !
ठीक भतिज !
बडका भलमन्सा भतिज ठग्गाको
योजनाबाट सन्तुष्ट हुँदै भने