मान्छे खोज्ने लहर चलेको छ
नयाँ पार्टी खोल्ने लहर चलेको छ !
Advertisement
आमा-बाबुले केही गरी खालान्
भनी सोचेका
उडेर गइसके !
जो बाँकी छन्
उनीहरूले नै पार्टी बनाउने हो
उही पुरानैबाट काम चलाउने हो !
पुरानो घर भत्काएर
त्यही इँटाबाट नयाँ घर बनाएजस्तै !
पुराना अनुहार मिलाएर
नयाँ चित्र बनाउने हो !
पुरानो रक्सी नयाँ बोतलमा भरेजस्तै !
नयाँ पार्टीको नाममा
त्यही चिनेका-देखेका अनुहार
थोत्रा विचार
त्यही थोत्रो आवाज
बजाउने हो !
रातो कार्पेट ओच्छयाउँदै
पञ्चे बाजा बजाउँदै
घिसेपिटेका ती पुराना
भ्रष्ट ठुस्स गन्हाएका
अनुहारलाई स्वागत गर्ने हो
नयाँ नेपाल बनाउने हो !