काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावमा सहभागी मतदातालाई धन्यवाद दिएका छन्।
Advertisement
देउवाले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका हुन्। ‘देशभर आज सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनुभएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद व्यक्त गर्छु,’ देउवाले भनेका छन्।
साथै, निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई पनि देउवाले धन्यवाद ज्ञापन गरेका छन्।