काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले ज्योतिषीको सल्लाहअनुसार साइत हेरेर भोट हालेका छन् ।
Advertisement
बालेनले काठमाडौंको वडा नम्बर–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट खसाएका हुन् ।
भोट खसाएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामाआफ्नो जित निश्चित रहेको दावी गरेका छन्। उनले आफू ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेरेर मतदान गरेको स्वीकार गरे ।