काठमाडौं- मतदान शुरु भएको ३ घण्टाको अवधिमा कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्।
Advertisement
कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा जम्मा २ लाख ९५ हजार ३५४ मतदातामध्ये झण्डै ३५ प्रतिशतले मतदान गरिसकेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए।
उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ । अहिलेकै अवस्थामा मतदान हुने हो भने ५ बजेभन्दा अगाडि नै मतदान सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।