काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन्।
Advertisement
मंगलबार काठमाडौं भृकुटीमण्डपमा आयोजित चुनावी सभामा उनी एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा छोए। एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका थिए।