काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । योसँगै आज सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।
Advertisement
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ ।
चाँदीको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँले कमी आएको छ । आज चाँदी एक हजार २७५ रुपैयाँमा कारोबार भएको छ ।