• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

प्रधानमन्त्री देउवा चुनावी सभामा जान सेनाका जहाज र हेलिकोप्टरमा उड्दा आचारसंहिता उल्लंघन हुँदैन?


शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले विराटनगर, भरतपुर, बुटवल, दमौली र जनकपुरका चुनावी सभामा सहभागी हुन जाँदा सेनाका जहाज र हेलिकोप्टर प्रयोग गरेका छन्। निर्वाचन आचारसंहिताअनुसार चुनावी सभामा सहभागी हुन सार्वजनिक सम्पत्ति प्रयोग गर्न पाइँदैन।

Advertisement

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार चितवन भरतपुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न सेनाको जहाज चढेर पुगे। प्रधानमन्त्रीको सचिवालयले ‘स्टन्ट’ गर्‍यो, विमानस्थलमा उत्रिएर उनी कुनै सरकारी सवारी साधनमा चढेनन्, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्‍ठको निजी गाडीमा चढेर सभास्थल पुगे। तर, विमानस्थलमा त उनी सेनाको जहाजमा सवार भएर पुगेका थिए।

भरतपुर पुग्‍नुअघि देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर पुगेका थिए। त्यहाँ पनि उनी सेनाकै जहाजमा गएका थिए।

यस्तै, शनिबार बिहान उनी सेनाकै हेलिकोप्टरमा चढेर संयुक्त चुनावी सभालाई सम्बोधन गर्न बुटवल पुगे। बुटवलको सभा सकेर सेनाकै हेलिकोप्टरमा तनहुँको दमौली गए। अनि दमौलीबाट सोही हेलिकोप्टरमा जनकपुर पुगेर काठमाडौं फर्किए।

जनकपुरमा पनि प्रधानमन्त्री देउवा र उनको सुरक्षार्थ गएका सुरक्षाकर्मीले विमानस्थलमा उत्रिएर निजी गाडी प्रयोग गरेका थिए। तर, उनको सुरक्षामा परिचालित जनकपुरका प्रहरी र सशस्त्र प्रहरीले सरकारी गाडी नै प्रयोग गरे।

पहिलो त, प्रधानमन्त्री आफैं चुनावी सभामा सहभागी हुन जानु आचारसंहिताको गम्भीर उल्लंघन हो। किनकि, निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा केन्द्र वा प्रदेशका कार्यकारी पदमा आसीन पदाधिकारीले कसैको पक्ष वा विपक्षमा प्रचार-प्रसारमा संलग्‍न हुन नपाउने व्यवस्था छ।

आचारसंहिताको परिच्छेद-३ को ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था उल्लेख छ। ‘नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्‍न हुन वा प्रचारप्रसार गर्न हुँदैन,’ आचारसंहितामा उल्लेख छ।

यस्तै, आचारसंहिताको परिच्छेद २ को ‘क’मा स्पष्‍ट लेखिएको छ, ‘सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने।’

प्रधानमन्त्री देउवा भने खुल्लमखुला नेपाली सेनाका जहाज र हेलिकोप्टर प्रयोग गर्दै चुनावी सभामा सहभागी भइरहेका छन्। पहिलो त आचारसंहिता पालना गर्ने हो भने मुलुकका कार्यकारी प्रमुखका रूपमा उनले चुनावी सभाहरूमा सहभागी हुनै मिल्दैन। त्यसमाथि उनी सार्वजनिक निकाय नेपाली सेनाका जहाज र हेलिकोप्टर प्रयोग गर्दै उडिरहेका छन्।

निर्वाचन आयोगका एक अधिकारी आफूहरूले पार्टी सभापतिका हैसियतमा मात्र चुनावी सभामा सहभागी हुन अनुमति दिएको बताउँछन्। तर, सार्वजनिक सम्पत्ति प्रयोग गरेर सभामा सहभागी हुन अनुमति नदिइएको उनको भनाइ छ।

पार्टी सभापतिका रूपमा देउवाले चुनावी सभामा सहभागी हुन राज्यका निकायका साधन, स्रोत प्रयोग गर्न नमिल्ने आयोगका ती अधिकारी बताउँछन्। र, त्यसरी जाँदा प्रयोग गरिने साधनहरूका लागि लाग्‍ने खर्च उम्मेदवारहरूले बेहोरेको देखिनुपर्ने उनको भनाइ छ। ‘हामी प्रधानमन्त्रीले प्रयोग गरेका सेनाका जहाज र हेलिकोप्टरको खर्च कसले बेहोरिरहेको छ भन्‍ने सूक्ष्‍म निगरानी गरिरहेका छौँ,’ उनी भन्छन्। उनका अनुसार पार्टीले पनि चुनावी खर्च बेहोर्न मिल्दैन, उम्मेदवारहरूले पनि आयोगले तोकेको सिलिङमा मात्र खर्च गर्न पाउँछन्।

आयोगका एक पूर्वपदाधिकारीका अनुसार यस्तै विवाद ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि देखिएको थियो। राजसंस्था निलम्बित भएपछि राष्‍ट्रप्रमुखको समेत दायित्वमा रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू पनि चुनावी सभामा जाने इच्छा प्रकट गरेका थिए। तर, आयोगका तत्कालीन प्रमुख भोजराज पोखरेलले उनको इच्छा अस्वीकार गरिदिए र भने, ‘तपाईं त राष्‍ट्रप्रमुखको पनि भूमिकामा हुनुहुन्छ। चुनावी सभामा जान कसरी मिल्ला र?’ त्यसपछि कोइरालाले पूर्वको पहाडी जिल्लामा आयोजित सभालाई सम्बोधन गर्ने इच्छा त्यागेका थिए।

यसपटक निर्वाचन आयोगले आफ्नो आचारसंहितामा स्पष्‍ट लेखेको छ, कार्यकारी भूमिकामा भएको व्यक्तिले कुनै उम्मेदवारको पक्ष या विपक्षमा लाग्‍न पाउँदैन। प्रधानमन्त्री देउवालाई भने यसको कुनै परवाह छैन। उनी खुल्लमखुला सेनाका जहाज र हेलिकोप्टर प्रयोग गर्दै उडिरहेकै छन्।

शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.