काठमाडौँ । नेपालमा स्थानीय वायुसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । जसले गर्दा सबै प्रदेशका केही भूभाग मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागमा आंशिक बदली रहने छ ।
महाशाखाले देश केही स्थानमा मेघ गर्जन र चट्यांगसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।