काभ्रे बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाको आलोचना गर्दै पार्टी परित्याग गरेका छन्।
Advertisement
उनी यसपटक पनि मेयरको आकांक्षी थिए। तर, एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका हुन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।
आफू र आफ्नो परिवारको सदस्यहरूले पार्टी परित्याग गरेको उनले पत्रकार सम्मेलनमा बताए।