काठमाडौं- रौतहट गुजरा नगरपालिका-४ कनकपुरस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ लक्ष्मीपुर बस्ने ४५ वर्षीय लक्ष्मी ठाकुरको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ईण्डो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ घोराही उपमहानगरपालिका-११ खैरास्थित सडकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख ७८४ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार सोही ठाउँ बस्ने ८ वर्षीय बिशाल बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया बारबर्दिया नगरपालिका-५ बनघुस्रीस्थित खेतमा भे.१ त ९४२६ नम्बरको ट्याक्टरमा जडान गरिएको थ्रेसरबाट गहुँ झार्ने क्रममा उक्त थ्रेसर मेशिनमा पर्न गई सोही ठाउँ बस्ने ४१ वर्षीय चित्रा थारुको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकमा सिमराबाट हेटौंडातर्फ जाँदै गरेको बा.१९ च ४३७७ नम्बरको स्कर्पियो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय लोकनाथ सेढाई मृत्युको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कर्पियोमा सवार १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।