काठमाडौं- सुनसरी, धरान उपमहानगरपालिका–१५ स्थित सेउती खोलामा सोही उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय लक्ष्मण विक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
डडेल्धुरा, पर्शुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भिर नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, बुटवल उपमहानगरपालिका–७ शिवनगर बस्ने ३७ वर्षीय भिम बहादुर विक आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।