काठमाडौं- काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठाबाट करिब ५ लाख ३ हजार रूपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।
Advertisement
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।