• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

दोर्दी केन्द्र जोड्ने सडकको यात्रा कष्टकर बन्दै


    Avatar photo
शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

काठमाडौं-  लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पु¥याउने अभियानअन्तर्गत अघि बढाएको यस पालिका जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा यात्रुलाई आवागमनमा समस्या हुँदै आएको हो ।

Advertisement

स्तरोन्नति तथा कालोपत्र सुरु गरिएको उक्त खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष बित्दासमेत सम्पन्न भएको छैन । ठाउँठाउँमा सडक खोतलिएको छभने कतिपय ठाउँमा पानी जमेर पोखरी बनिसकेको स्थानीय बताउँछन् ।

स्थानीय वासुदेव सेढाइँले भने, ‘मेरो आमा बिरामी परेर केही दिनअघि जिल्ला सदरमुकाम बेँसीसहरको लमजुङ अस्पतालमा एम्बुलेन्समा लैजाँदै थिएँ, हिलाम्मे भएर सडक बिग्रिएकाले एम्बुलेन्स चिप्लेर धन्नै दुर्घटनामा परिएन । आमाको ज्यान बचाउन जाँदा अर्को विपद्को सामना गर्नुप¥यो ।’ सडक ठाउँठाउँमा हिलाम्मे हुँदा यात्रु हिँड्डुल गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।

पालिकाको केन्द्र रहेको दोर्दी गाउँपालिका–४ नौथर सेराका मेखबहादुर घलेले यहाँबाट बेँसीसहर आउन सडकको दुरवस्थाका कारण दिनभरिजसो लाग्ने बताए । ‘ठाउँठाउँमा भत्किएको सडक हिलाम्मे छ । हिलोमा गाडी फस्ने समस्या छ । गाडी फस्न नदिन यात्रुहरुलाई ठाउँठाउँमा झर्दै र मिलाउँदै हिँड्नुपर्ने अवस्था छ । सामान्य रुपमा करिब दुई घण्टामा बेँसीसहर पुगिने भए पनि अहिले दिनभरि लाग्ने गरेको छ,’ उनले भने ।

बेँसीसहर नगरपालिका–११ चितिका प्राविधिक शङ्कर श्रेष्ठले भने, ‘दोर्दी पालिका जोड्ने सडक सञ्जाल विस्तार भए पनि अधिकांश भाग यस वडाभित्रै पर्दछ । हामी पनि कामले यो सडक हुँदै हिँड्नुपर्छ, वर्षामा सडकले यात्रीले सास्ती दिएको छ ।’

सडक अवस्थाको स्थलगत अनुसन्धान गर्न वर्षाको समयमा पहिरोको जोखिम हुने भन्दै मानविय क्षति नहोस् भनेर अग्रसरता नलिइएको उनले बताए । दोर्दी गाउँपलिकासँग समन्वय गरी वर्षापछि सडक स्तरोन्नतिलाई तीव्रता दिन पहल गरिने प्राविधिक श्रेष्ठले उल्लेख गरे ।

दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सडकमा जताजतैबाट पानी जम्ने, हिलाम्मे हुँदा यात्रा गर्न सास्ती हुने गरेको बताए । ठेकेदारलाई गाउँपालिकाले मौखिक रुपमा समयमा निर्माणसम्पन्न गर्न आग्रह गर्दै आइरहेको भन्दै वर्षापछि कामलाई तीव्रता दिन दबाब सिर्जना गर्ने उनले उल्लेख गरे ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी नरेशराज जोशीले सडक सयममा सम्पन्न नहुँदा पानीले हिलाम्मे र खाल्डाखुल्डी बनाएकाले यात्रा असहज बनिरहेको बताए । उनले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

ग्राभेल, ग्याबिन वाल, मेसिन वालको काम बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । नाला बनाउने काम अधिकांश सकिएको छ । ‘कालोपत्रका लागि सववेस, बेस हाल्ने काम, स्टक्चरलगायत अन्य काम भइरहेको छ,’ सूचना अधिकारी जोशीले भन्नुभयो । सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्नेमा कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको थियो । निर्माण कम्पनीले विसं २०७९ पुससम्ममा पुनःनिर्माणको जिम्मेवारी पाएको थियो ।

सो समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । पुनः म्याद थप गरी आगामी मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालयले जनाएको छ ।

थप गरिएको समयभित्रमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सूचना अधिकारी जोशीले उक्त समयमा पनि नसकिए म्याद थप नहुने बताए । प्रदेश सरकारको रु २६ करोड २९ लाख ६ हजार दुई सय २५ लगानीमा सात दशमलव १२१ किलोमिटर सडक कालोपत्र हुन लागेको हो ।

हालसम्म रु १६ करोड ८६ लाख खर्च भइसकेको कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरबाट दोर्दी गाउँपालिका–४ मा दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । दुई ठाउँमा गरी एक हजार एक सय १३ घनमिटर सडक ढलान गरिनुका साथै चार सेन्टिमिटरको कालोपत्र हुने जनाइएको छ ।

 

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.