काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुरू भएको छ ।
Advertisement
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक शुरू भएको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी छन् ।
आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
दिउसो १ बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिलो सुरू भएको छ ।