काठमाडौं- शुक्रबारदेखि लागु हुने गरी फेरि अण्डाको मुल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।
Advertisement
लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो । अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४३५, ठूलो अन्डा प्रतिक्रेट ५१० र एक्सएल अण्डा प्रतिक्रेट ५२५ रुपैयाँ तय भएको छ ।
यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५००, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५०५ तय गरेको थियो ।