चितवन- चितवनमा डेढ महिनाको अवधिमा सवारी दुर्घटनाका कारण १२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार साउन महिनामा १० जना र भदौ १० गतेसम्मम २ जना गरी १० पुरूष र २ महिलाको मृत्यु भएको हो ।
Advertisement
चितवनमा साउनमा २८ र भदौको १० गतेसम्म ८ वटा सवारी साधन दुर्घटना भएका छन् । १० पुरूष र २ महिला छन् । यस वर्षको यही अवधिमा पृथ्वी राजमार्गमा भने कुनै पनि सवारी दुर्घटना नभएको चितवन प्रहरीले जनाएको छ । सबैभन्दा धेरै घाइते मुग्लिन–नारायणगढ सडकखण्डमा ७२ जना भएका छन् ।
डेढ महिनाको अवधिमा प्रहरीले ट्राफिक नियम उल्लंघनकर्ताबाट ७५ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।